शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धुनिबेशीकोे तल्लो बानियाँटारमा नगरस्तरिय फुटबल प्रतियोगिता सुरु हुँदै, यस्तो छ खेल तालिका !

धुनिबेशीकोे तल्लो बानियाँटारमा नगरस्तरिय फुटबल प्रतियोगिता सुरु हुँदै, यस्तो छ खेल तालिका !

  • 3.8K
    SHARES
  • धार्के । धादिङको धुनिबेशी ६ तल्लो बानियाँटारमा आज सोमबार देखि खेल सुरु हुँदैछ । “राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद” भन्ने मुल नाराका साथ धुनिबेशी नगरपालिकाको आयोजना र धुनिबेशी नगरस्तरिय फुटबल प्रतियोगिता मुल आयोजक समितीको समन्वयमा प्रतियोगिता हुन लागेको हो ।

    images
    images

    बिहान १० बजे खेल प्रतियोगिताको औपचारीक उद्घाटन गरेर दिउँसो तिन बजे देखि खेल सुरु गर्ने धुनिबेशी नगरस्तरिय फुटबल प्रतियोगिता मुल आयोजक समितीका अध्यक्ष प्रदिप कोईरालाले बताउनुभयो ।

    प्रतियोगिताको लागि सम्पाुर्ण तयारी पुरा भएको भन्दै प्रतियोगिता निकै सभ्य र भव्य हुने मुल आयोजक समितीका वरिष्ठ सल्लाहकार सुरेश आचार्यले बताउनुभयो ।

    नगरप्रमुख बालकृष्ण आचार्यले प्रतियोगिता सम्पन्न गर्नका लागि नगरपालिकाको तर्फबाट सहयोग रहने बताउनुभयो । गत शुक्रबार देखी प्रतियोगिता आयोजना गर्ने भनिएपनि प्राविधिक समस्याका कारण खेल सोमबार आज देखी गर्न लागिएको हो ।

    प्रचार प्रसारका लागि सञ्चार सहयोगीको रुपमा रेडियो राजमार्ग ९२.१ मेगाहर्ज, कृषी रेडियो, नागरिकपाटी डटकम, अनलाईन केन्द्र डटकम, धुनिबेशी डटकम र देशविकास डटकम रहेका छन् ।

    यस्तो छ खेल तालिका...

    २०७६ असोज १३ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन १३, २०७६ सोमवार - १५:०४:१४ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology