शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धुनिबेशी नगरस्तरिय फुटबल प्रतियोगिता सुरु

धुनिबेशी नगरस्तरिय फुटबल प्रतियोगिता सुरु

  • 6.1K
    SHARES
  • धार्के । धादिङको धुनिबेशी ६ तल्लो बानियाँटारमा सोमबार देखी नगर–स्तरिय फुटबल प्रतियोगिता सुरु भएको छ । “स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ धुनिबेशी नगरपालिकाको आयोजना र धुनिबेशी नगरस्तरिय फुटबल प्रतियोगिता मुल आयोजक समितीको समन्वयमा प्रतियोगिता सुरु भएको हो ।

    images
    images

    नगरपालिका प्रमुख बालकृष्ण आचार्यले खेलकुद मैदानमा बल हानेर उद्घाटन गर्नुभएको खेलकुद प्रतियोगितामा सोमबार मैत्रीपुर्ण खेल भएको छ । धुनिबेशी नगरस्तरिय फुटबल प्रतियोगिता मुल आयोजक समिती र धुनिबेशी नगरपालिका कर्मचारी समुह बिच भएको प्रतियोगितामा मुल आयोजक समितीले ४ गोल गरेको छ भने नगरपालिका कर्मचारी समुहको तर्फबाट १ गोल भएको छ । यो सँगै मुल आयोजक समिती मैत्रीपुर्ण फुटबल प्रतियोगितामा विजयी भएको छ । मुल आयोजक समितीको तर्फबाट सुजन आचार्यले पहिलो गोल गरेका थिए । यस्तै नगरपालिका कर्मचारीको तर्फबाट विवेक आचार्यले १ गोल गरेका हुन् ।

    प्रतियोगिताका लागि १३ वटा समुह दर्ता भएको र सबै समुहको खेल हुने मिती र समय सार्वजनिक गरिसकेको धुनिबेशी नगरस्तरिय फुटबल प्रतियोगिता मुल आयोजक समितीका अध्यक्ष प्रदिप कोईरालाले बताउनुभयो । उहाँले प्रथम हुनेलाई ५० हजार र दास्रो हुनेलाई ३० हजार र तेस्रो हुनेलाई १५ हजार नगद सहित सिल्ड, मेडल र प्रमाण पत्रको व्यवस्था रहेको बताउनुभयो ।

    स्वस्थ्य जिवनका लागि खेल आवश्यक रहेको भन्दै मुल आयोजक समितीका वरिष्ठ सल्लाहकार शुरेस आचार्यले समग्र नगरको पहिचान र गरिमालाई उच्च राख्न र युवाहरुमा उर्जा, उत्साह ल्याउनका लागि प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो ।

    यस्तै नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गोविन्द सिग्देल, उपप्रमुख निरु खरेल लगायतले कार्यक्रको सफलताको लागि शुभकामना दिनुभएको छ ।

    यस्तै खेलकुद प्रतियोगिता सम्पन्न गर्नका लागि नगरपालिकाको सहयोग रहने भन्दै नगरपालिका प्रमुख बालकृष्ण आचार्यले खेल सभ्य र भव्य बनाउनका लागि सबैको सहयोगका लागि आग्रह गर्नुभएको छ ।

    धुनिबेशी नगरस्तरिय फुटबल प्रतियोगिता मुल आयोजक समितीका अध्यक्ष प्रदिप कोईरालाको अध्यक्षतामा भएको औपचारीक कार्यक्रममा धुनिबेशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यको प्रमुख आतित्थ्यता, उपप्रमुख निरु खरेल, समितीका बरिष्ठ सल्लाहकार सुरेश आचार्य, प्रमुख प्रशासकिय अधिकृत गोविन्द सिग्देलको विशेष आतित्थ्यता रहेको थियो । यसैगरी ईलाका प्रहरी कार्यालय खानिखोलाका प्रमुख रुक बहादुर खड्का, विभिन्न वडाका वडा अध्यक्षहरु, राजनितीक दलका प्रतिनिधीहरु, नगरपालिकाका कर्मचारी, विभिन्न सन्चार माध्यमका पत्रकार तथा सन्चारकर्मी, लगायतका विभिन्न व्यक्तिहरुको आतित्यता रहेको थियो ।

    प्रचार प्रसारका लागि मुख्य सन्चार सहयोगिको रुपमा रेडियो राजमार्ग ९२.१ मेगाहर्ज, अन्य सन्चार सहयोगिको रुपमा कृषी रेडियो, नागरिकपाटी डटकम, अनलाईन केन्द्र डटकम, धुनिबेशी डटकम र देशविकास डटकम रहेका छन् ।

    २०७६ असोज १३ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन १४, २०७६ मंगलवार - ००:५१:४७ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology