शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

थाक्रे गाउँपालिकाद्धारा खोलाले बगाएर बेपत्ता भएका गोकुल गिरीको परिवारलाई आर्थिक सहयोग

थाक्रे गाउँपालिकाद्धारा खोलाले बगाएर बेपत्ता भएका गोकुल गिरीको परिवारलाई आर्थिक सहयोग

  • 4.7K
    SHARES
  • महादेववेशी । थाक्रे गाउँपालिकाले आग्रा खोलाले बगाएर बेपत्ता भएका परिवारको सदस्यलाई आर्थिक सहयोग गरेको छ । थाक्रे गाउँपालिका वडा नं ३ का गोकुल गिरीको श्रीमती ठुलि कान्छी गिरि लाई बिहिबार एक कार्यक्रमको आयोजना गरि गाउँपालिकाले ८० हजार रुपैँयाको चेक हस्तान्तरण गरेको हो । कार्यक्रमका प्रमुख अतिथी तथा सँघिय साँसद भुमि त्रिपाठीले गिरिलाई सहयोेग रकम प्रदान गर्नुभएको हो ।

    images
    images

    रकम प्रदान पछि गाउँपालिका अध्यक्ष रामकुमार आचार्यले विपदमा परेका व्यक्तिलाई गाउँपलिकाले सहयोग गर्दै जाने पनि बताउनुभयो । गत असार २८ गते थाक्रे गाउँपालिका वडा नं ३ मा आग्रा खोला तर्ने क्रममा गिरि बेपत्ता भएका थिए । लगातार केहि दिन स्थानिय, प्रहरी सहितको टोलीले उनको खोजी गरेको थियो ।

    २०७६ असोज १६ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन १६, २०७६ बिहिवार - २१:२०:२३ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology