आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

धार्केमा नेपाल यातायात स्वतन्त्र मजदुर सँगठनको शुभकामना तथा चियापान कार्यक्रम

धार्केमा नेपाल यातायात स्वतन्त्र मजदुर सँगठनको शुभकामना तथा चियापान कार्यक्रम

  • 5.8K
    SHARES
  • धार्के । धादिङको धुनिबेशी ६ धार्केमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम भएको छ । नेपाल यातायात स्वतन्त्र मजदुर सँगठन पृथ्वी राजमार्ग इकाई समिती धार्केको आयोजनामा कार्यक्रम भएको हो ।

    images

    नेपाल कृषी तथा बगान क्षेत्र श्रमिक सँघ (फापुन) का केन्द्रिय सदस्य एवम् जिफन्ट धादिङका सँस्थापक अध्यक्ष सुरेश आचार्यले ट्राफिक प्रहरीले यातायात मजदुरहरुलाई अपराधीको जस्तो व्यवहार गर्न नहुने बताएका छन् । यातायात  मजदुर सँगठनले पनि चालक तथा सहचालकहरुका लागि ट्राफिक नियमको जानकारी गराएको र चालकहरु आफ्नो जिम्मेवारी प्रति सँधै चनाखो हुने गरेको बताउँदै उनले चाडपर्वको बेलामा पनि होसियार र सावधानीका साथ सवारी हाँक्न चालकहरुलाई अनुरोध गरेका छन् ।

    यस्तै ट्राफिक कार्यालय खानिखोलाका प्रमुख महेन्द्र चन्दले ट्राफिक प्रहरी सवारी जामको न्युनिकरण, चालकहरुलाई सचेतना लगायत समग्र सडक र सडक प्रयोगकर्ताको हितका लागि दिन रात नभनी आफ्नो काममा खटिएको बताएका छन् ।

    सँगठनका अध्यक्ष अर्जुन रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा फापुनका केन्द्रिय सदस्य एवम् जिफन्ट धादिङका सँस्थापक अध्यक्ष सुरेश आचार्यको प्रमुख आतित्थ्यता रहेको थियो भने सँगठनका सल्लाहकार हरि काप्री, ट्राफिक कार्यालय खानिखोलाका प्रमुख महेन्द्र चन्दको विशेष आतित्थ्यता रहेको थियो । यस्तै महाँकालेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्र आचार्य, कलाकार तथा लोक गायक रुपक परियार, रेडियो राजमार्गका स्टेशन म्यानेजर तथा नागरिक पाटी डटकमका सम्पादक आशिष ठकुरी लगायतको आतित्थ्यता रहेको थियो । सञ्चारकर्मी राजाराम डँगोलले सन्चालन गर्नुभएको कार्यक्रममा विशेष अतिथी तथा अतिथीहरुले पनि दशैँ, तिहार, छठ लगायतका पर्वहरुको शुभकामना दिनुभएको छ ।

    २०७६ असोज १७ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :आश्विन १७, २०७६ शुक्रवार - १८:११:२४ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology