धादिङ (ढकालखोला) । प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेलले डेढ बर्षको अवधीमा प्रदेश सरकारले धेरै काम गरेको बताएका छन् । धुनिबेशी नगरपालिका ५ ढकालखोलामा निर्माण गरिएको जर्मन टेक्निकल स्कुलको उद्घाटन कार्यक्रममा बोल्दै पौडेलले प्रदेश सरकारले गरेको कामको सुक्ष्म ढँगले हेर्ने हो भने धेरै काम गरेको आभाष हुने उनको भनाई थियो । भोलिका दिनमा प्रदेश सरकारले जनताको हक र हितका लागि धेरै काम गरेर देखाउने पनि बताए ।
यस्तै समृद्ध नेपाल र सुखी नेपाली सबै नेपालीको नारा भएको भन्दै पौडेलले राष्ट्रनिर्माणमा सबै जुट्नुपर्ने बताएका छन् । उनले देशमा रोजगारी सिर्जना नहुँदा धेरै नेपाली बैदेशिक रोजगारमा गएको भन्दै प्राविधीक शिक्षाका कारण नेपालमै बस्ने वातावरण बन्ने बन्दै जाने बताए ।
शेषकान्त फाउन्डेसनले जर्मन एनजीओ जुकुन्फट फर नेपाल अस्टुर्टेम्बर्ग ९जेटएफएन० सँगको सहयोगमा टेक्निकल र भोकेसनल शिक्षा दिने उद्देश्यले धुनिबेसी नगरपालिकामा निर्माण गरेको स्कुलको उद्घाटन कार्यक्रममा ऊर्जा क्षेत्रमा आवश्यक व्यवसायिक र दक्ष जनशक्ति योगदान हुने आशा गरिएको जनाईएको छ ।
यो पनि पढ्नुहोस्...
धादिङको धुनिबेशीमा प्राविधिक स्कुलको उद्घाटन, व्यवसायिक र दक्ष जनशक्ति उत्पादन गरिने