शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धुनिबेशी नगरस्तरिय फुटबल प्रतियोगिताको उपाधी राईजिङ युथ क्लबले जित्यो

धुनिबेशी नगरस्तरिय फुटबल प्रतियोगिताको उपाधी राईजिङ युथ क्लबले जित्यो

  • 7.1K
    SHARES
  • धादिङ । धुनिबेशी ६ तल्लो बानियाँटारमा सञ्चालन भएको नगर–स्तरिय फुटबल प्रतियोगिताको उपाधी राईजिङ युथ क्लबले जितेको छ । ब्वाईज युथ क्लब र राईजिङ बिच भएको खेलमा राईजिङको तर्फबाट १ गोल गर्यो भने ब्वाईजले कुनै पनि गोल गर्न सकेन । बिजयी हुने समुुहलाई ३७ हजार पाँच सय नगद सहित सिल्ड, मेडल र प्रमाणपत्र र खसी प्रदान गरिएको थियो । यस्तै दोस्रो हुने ब्वाईज युथ क्लबलाई २२ हजार पाँच सय रुपैँया सहित तेस्रो हुने समुहलाई ११ हजार २ सय पचास रुपैँया नगद सहित सिल्ड, मेडल र प्रमाणपत्र सहित सम्मान गरिएको छ । यस्तै प्रतियोगिताको तेस्रो स्थानमा नौविसे खानीखोला युथ क्लव रह्यो ।

    images
    images

    यस्तै प्रतियोगितामा सर्वाधिक गोल गर्नेमा रुपेश अधिकारी भएका छन । उनले प्रतियोगिता अवधीभर ३ गोल गरेका थिए , यस्तै उत्कृष्ट गोलकिपरमा सरोज श्रेष्ठ, उत्कृष्ट डिफेण्डरमा विवेक भण्डारी,उत्कृष्ट खेलाडीमा विवेक घलान, उदयमान खेलाडीका रुपमा सविन सापकोटालाई सम्मान गरिएको थियो ।

    कार्यक्रममा धुनिबेशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले खेल सम्पन्न गर्नका लागि सहयोग गर्ने मुल आयोजक समिती, सन्चार माध्यम लगायतलाई पनि सम्मान पत्र प्रदान गरेका थिए । मेयर आचार्यले युवाहरुको जोशले आफु ज्यादै उत्साहित भएको बताउदै खेलकुदको क्षेत्रमा नगरले विभिन्न किसिमका आयोजना अघि सारिरहेको बताए । उनले नगरले खेल मैदान निर्माण र खेलाडी उत्पादनमा विशेष जोड दिएको बताउदै खेलकुदले पनि नगरको सम्बृद्धी योजना सफल पार्ने बताए ।

    मुल आयोजक समितीका अध्यक्ष प्रदिप कोईरालाले खेल सम्पन्न गर्न सहयोग गर्ने सम्पुर्णलाई आभार प्रकट गरे । उनले आगामी बर्ष यस्तै खेलहरु सञ्चालन गर्ने र पहिलो पटक नगरस्तरीय खेल गरेकाले केही कमजोरी भएपनि आगामी बर्ष त्यस्ता कमजोरी नहुने दावी गरे । त्यसैगरी प्रतियोगिताका बरिष्ठ सल्लाहकार सुरेश आचार्यले खेल सम्पन्न गर्न महत्वपुर्ण भुमिका निर्वाह गरेका थिए ।

    गत सोमबार देखी “स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ धुनिबेशी नगरपालिकाको आयोजना र धुनिबेशी नगरस्तरिय फुटबल प्रतियोगिता मुल आयोजक समितीको समन्वयमा प्रतियोगिता सुरु भएको थियो । कार्यक्रमको नागरिक पाटी डटकम , रेडियो राजमार्ग लगायतका सन्चारमाध्यमहरु सन्चार सहयोगीको रुपमा रहेका थिए ।

    २०७६ असोज १८ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन १९, २०७६ आइतवार - ०५:२७:२७ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology