आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

स्लिम हुन भात नै छोड्नु पर्ने आवश्यक छैन !

स्लिम हुन भात नै छोड्नु पर्ने आवश्यक छैन !

  • 4.9K
    SHARES
  • आफ्नो मोटो शरीरलाई फिट बनाउने चाहना कसको पो नहोला र रु हुन पनि हामीमध्ये धेरैले आफ्नो शरीरलाई फिट बनाउने चाहनामा भात खान छोडिरहेका पनि हुनसक्छौँ । एशियाली देशमा त झन् यो क्रम बढी हुन्छ । किनकि एशियामा सेतो चामलको भात खाने परम्परा छ ।

    images

    हामी नेपाली पनि दुई छाक भात नै खान खोजिरहेका हुन्छौँ । तर, हामीले खाने सेतो चामलको भातमा चाहिँ स्टार्च र क्यालोरी निकै धेरै हुन्छ । यसले ब्लड सुगर बढाउने मात्र होइन, मोटोपना पनि बढाउँछ । त्यसैले हामीले तौल घटाउनु पर्ने छ भने सेतो चामलको भात भन्दा ‘ब्राउन’ चामलको भात खान सक्छौँ ।

    अमेरिकी तथ्याङ्कअनुसार १०० ग्राम पाकेको चामलमा १३० क्यालोरी र २८ ग्राम कार्बोहाइड्रेट हुन्छ । अनि हामीले खाने गरेको भातमा फाइबर र प्रोटिन हुँदैन । यसमा केही मात्रामा भिटामिन बी हुन्छ । त्यसैले तौल घटाउन मन हुनेहरुले अहिले नियमित खाइरहेको भात भन्दा काब्रोहाइड्रेट कम हुने चामलको प्रयोगलाई प्राथमिकता दिनुपर्छ । - एजेन्सी ।


    images
    images
    images
    प्रकाशित मिति :आश्विन २६, २०७६ आइतवार - ०६:१३:५५ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology