शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

अन्तर्राष्ट्रिय धादिङ समाजको बिश्व भेला तथा प्रथम अधिबेशन सम्पन्न

अन्तर्राष्ट्रिय धादिङ समाजको बिश्व भेला तथा प्रथम अधिबेशन सम्पन्न

  • 6.3K
    SHARES
  • काठमाण्डौं । अन्तर्राष्ट्रिय धादिङ समाजको बिश्व भेला तथा प्रथम अधिबेशन काठमाडौंको बत्तीसपुतलीमा भएको छ । नेपाल सरकारका संघिय मामिला तथा स्थानिय विकास मन्त्री लालबाबु पण्डितको प्रमुख आथित्यतामा सो भेला भएको हो ।

    images
    images

    विश्व भेला तथा प्रथम अधिवेशनले धादिङ ज्वालामुखी स्थायी ठेगाना भई हाल युएई बस्दै आउनु भएका नानुकाजी अर्यालको अध्यक्षतामा ११ सदस्यिय कार्यसमितिको गठन गरेको छ ।

    गैर आवासिय नेपाली संघ (एनआरएनए) को नवौं अधिवेशनको सम्मुखमा सम्पन्न धादिङेहरुको विश्व सम्मेलनमा एनआरएनएका सह कोषाध्यक्ष पदका उम्मेदवार धादिङ बुढाथुमका लोक प्रसाद दाहाल, मध्य पुर्व संयोजकका लागि उम्मेदवारी दिएका बेनिघाट रोराङका मनोजकुमार तामाङ (गोर्खाली) , युरोपका उप संयोजकका लागि उम्मेदवारी दिएका धुँवाकोटका कृष्ण तिमल्सिना र मैदीका बालकृष्ण श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

    अन्तर्राष्ट्रिय धादिङ समाजले विभिन्न ३६ देशमा नेटवर्क विस्तार गरिसकेको छ । जसअन्तर्गत युएई, कतार, साउदी ओमन, कुवेत, जोर्डन, इज्रायल, जापान, साउथ कोरिया, सिंङ्गापुर, अमेरिका, अस्ट्रेलिया, अस्ट्रीया, क्रोयीसिया, माल्टा, माल्दिप्स, भारत, बेल्जियम, साइप्रास, फिनल्याण्ड, जर्मनी, साउथ सुडान, लेवनन, मलेसिया, पोर्चुगल, इराक, सिरिया, बहराइन, फ्रान्स, थाइल्याण्ड, लिस्वान, क्यानाडा, अफ्गानिस्तान, बंङ्ग्लदेश र आयर्ल्याण्ड रहेका छन् ।

    कार्यक्रमको अवसरमा अन्तर्राष्ट्रिय धादिङ समाजलाई साढे चार लाख भन्दा बढी रकम सहयोग प्राप्त भएको छ । विश्व भेलाको अवसरमा गैर आवासीय नेपाली संघका उपाध्यक्ष एवम् नवौ महादिवेशनका अध्यक्षका उम्मेद्वार गोरखा निवासी कुमार पन्तले २ लाख, सह कोषाध्यक्षका उम्मेदवार बुढाथुम निवासी लोक दाहालले १ लाख १० हजार, अध्यक्षका अर्का उम्मेद्वार कुल आचार्यले १ लाख १ हजार र गोविन्द सुवेदीले ५१ हजार १११ रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

    २०७६ असोज २७ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन २७, २०७६ सोमवार - २१:२५:०९ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology