शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङमा पानीको शुद्धता नाप्न परिक्षण प्रयोगशाला सञ्चालन

धादिङमा पानीको शुद्धता नाप्न परिक्षण प्रयोगशाला सञ्चालन

  • 6.2K
    SHARES
  • धादिङ । जिल्लामा पानीको शुद्धता नाप्न परीक्षण प्रयोगशाला सञ्चालनमा आएको छ । वातावरण तथा जनस्वास्थ्य संस्था (एन्फो) र शान्ति नेपालले जिल्लामै पहिलोपटक पानी परीक्षण गर्ने मिनि ल्याव सञ्चालनमा ल्याएको हो । मिनील्यावको जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नथ नेपालले एक कार्यक्रमका बिच उद्घाटन गर्नुभएको छ ।मिनि ल्याव उद्घाटन गर्दै प्रमुख नेपालले मिनि ल्याव सञ्चालनमा आएसंगै यसलाई अधिक रुपमा उपयोग गर्न सबैलनई आग्रह गर्नुभएको छ । कार्यक्रममा वातावरण तथा जनस्वास्थ्य संस्था ९एन्फो० का कार्यकारी निर्देशक विपिन डंगोलले खानेपानी परीक्षण गर्ने मिनिल्याव सञ्चालनमा ल्याउने धादिङ पहिलो जिल्ला रहेको बताउनुभयो । कार्यक्रममा शान्ति नेपालका कार्यकारी निर्देशक डाक्टर कृष्णमान शाक्यले मिनि ल्याव शान्ति नेपालले सञ्चालनमा ल्याएको भएपनि यो सबैका लागि खुल्ला रहेको बताउनुभयो । कार्यक्रममा शान्ति नेपालका कार्यक्रम निर्देशक पि आर शर्माले मिनि ल्याव न्यूनतम शुल्कमा सञ्चालन गरिने र यसबाट प्राप्त आम्दानीने ल्याव सेवालाई निरन्तरता दिइने बताउनुभएको छ ।
    २०७६ कार्तिक ०१ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक २, २०७६ शनिवार - ०४:३७:३६ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology