आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

हेटौंडा–काठमाडौं सुरुङमार्ग प्रदेश सरकारले बनाउने

हेटौंडा–काठमाडौं सुरुङमार्ग प्रदेश सरकारले बनाउने

  • 4.8K
    SHARES
  • हेटौंडा । प्रदेश सरकारले हेटौंडा काठमाडौं सुरुङमार्ग आफैंले बनाउने भएको छ । सुरुङमार्गलाई प्रदेश सरकारले आफ्नो पहिलो नीति तथा कार्यक्रममा नै गौैरवको आयोजनाको रुपमा अगाडि सारेको हो । निजी कम्पनीको केन्द्र सरकारसँगको सम्झौता अवधि बाँकी नै रहेका कारण पहिलो वर्ष प्रदेशले उक्त मार्ग निर्माण गर्ने आधार बनाउन सकेको थिएन । यस वर्ष भने कानूनी तथा प्राविधिक तयारी पूरा गरेर प्रदेश सरकार आफैँले केन्द्र र स्थानीय तह सँग समेत सहकार्य गर्नेगरी काम शुरु गरेको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय स्रोतका अनुसार आगामी तीन महीनाभित्र बोलपत्रसमेत आह्वान गर्ने गरी तयारी भइसकेको जनाएको छ । तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरि निर्माणका गर्ने प्रदेश सरकारले बताएको छ । सुरुङमार्ग निर्माण गर्न रु. १२ अर्बसम्म लगानी लाग्ने अनुमान गरिएको छ ।प्रदेशको गौरवको आयोजना समेत भएकाले सरकारको यही कार्यकालमा सम्पन्न हुनेगरी काम थालिने गर्ने तयारी गरिएको मुख्यमन्त्री डोरमणि पौडेलले बताउनु भयो ।
    २०७६ कार्तिक ०२ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :कार्तिक ३, २०७६ आइतवार - ०२:२४:११ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology