शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

आधारशिला सामाजिक उद्यमी महिला सहकारीको ७औँ बार्षिक साधारण सभा सम्पन्न

आधारशिला सामाजिक उद्यमी महिला सहकारीको ७औँ बार्षिक साधारण सभा सम्पन्न

  • 6.8K
    SHARES
  • धार्के । धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ९ मा रहेको आधारशिला सामाजिक उद्यमी महिला सहकारीको ७औँ बार्षिक साधारणसभा तथा तेस्रो अधिबेशन सम्पन्न भएको छ । सहकारी सँस्थाले गरेका बार्षिक प्रगति प्रतिबेदन, लेखा तथा सुपरिवेक्षणको प्रगति प्रतिवेदन,आगामी बर्षको कार्यक्रम योजनाहरुको प्रस्तुतिकरण कार्यक्रम आज सम्पन्न भएको हो । हेफर ईन्टरनेश्नल नेपाल र रिम्स नेपालको सहयोगमा बिभिन्न ज्ञान र सिप प्राप्त गरेका २ सय ९ सदस्यबाट सुरुवात गरिएको यस सँस्था तेस्रो साधारणसभामा ४५ सदस्य थपिएर २ सय ८० जना पुगेकामा अहिले सातौँ साधारणसभा सम्म आउँदा शेयर सदस्यहरुको सँख्या बढेर १४ सय ८ जना रहेका छन् । छरिएर रहेका पुँजी, स्रोत साधन र सामाजिक शक्तिलाई एकिकृत गरि सहकारीको माध्यमबाट शेयर सदस्यहरुको आर्थिक, सामाजिक र वाताबरणीय बिकासमा योगदान पुर्याउने लक्ष्य लिएर अगाडी बढेको आधारसिला सहकारीले आफ्नो लक्ष्यलाई निरन्तर पछ्याईरहेको छ । कार्यक्रममा आधारसिला सामाजिक उद्यमी महिला सहकारी सँस्थाकी उपाध्यक्ष सँगीता अधिकारीले सहकारीको भवन निर्माण भएको जानकारी दिनुभयो । थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यको प्रमुख आतिथ्यता तथा उपाध्यक्ष अम्बिका रुपाखेतिको विषेश आतिथ्यतामा सञ्चालित कार्यक्रममा बिभिन्न ब्यक्तित्वहरुको सहभागीता रहेको थियो ।
    २०७६ कार्तिक ०२ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक ३, २०७६ आइतवार - ०४:२७:५९ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology