शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नौविसे -नागढुंगा सुरुङमार्गको शिलान्यास आज प्रधानमन्त्रीबाट हुदै

नौविसे -नागढुंगा सुरुङमार्गको शिलान्यास आज प्रधानमन्त्रीबाट हुदै

  • 4.9K
    SHARES
  • धादिङ । बहुप्रतिक्षित नागढुंगा सुरुङमार्गको प्रधानमन्त्री केपी शर्मा ओलीले आज सोमबार शिलान्यास गर्ने भएका छन । सुरुङमार्ग निर्माण परियोजनाका अनुसार नागढुङ्गाको टोटेपाखामा दिउँसो साढे दुई बजे एक कार्यक्रमकाबीच प्रधानमन्त्रीले सुरुङमार्गको शिलान्यास गर्ने भएका हुन । जापान सरकारको ऋण सहायतामा बन्न लागेको सो सुरुङमार्गका लागि गत असोज ६ मा एक कार्यक्रमका बीच नागढुंगा सुरुङमार्ग निर्माण परियोजना र जापानको ‘हाज्मा अन्डो कर्पोरेसन’बीच ठेक्का सम्झौता भएको थियो ।सम्झौताअनुसार साढे तीन वर्ष्भित्र निर्माण सम्पन्न भइसक्नेछ । १३ अर्ब ५० करोडमा ठेक्का सम्झौता भएको सो सुरुङ मार्गको लम्बाइ २ दशमलव ६७ किलोमिटर रहेको छ । ४० वर्ष्भित्र तिर्नेगरी शून्य दशमलव शून्य १ प्रतिशत ब्याजदरमा जापानले ऋण सहायता उपलब्ध गराएको हो ।
    २०७६ कार्तिक ०४ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक ४, २०७६ सोमवार - १७:१५:३० बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology