आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

द राईजिङ भिलेजलाई प्रथम गल्छि गाउँपालिका स्तरिय अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधी

द राईजिङ भिलेजलाई प्रथम गल्छि गाउँपालिका स्तरिय अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधी

  • 4.4K
    SHARES
  • गल्छि । प्रथम गल्छि गाउँपालिकास्तरिय अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधी गल्छी बैरेनी स्थित द राईजिङ भिलेज माविले प्राप्त गरेको छ । धादिङको गल्छि गाउँपालिकाको आयोजनामा पहिलोपटक आयोजना भएको गाउँपालिका स्तरीय प्रथम अध्यक्ष कपको उपाधी अंक स्कोरको आधारमा द राईजिङ भिलेज माविले चुमेको हो । गल्छि गाउंपालिका भित्रका बिधालयहरु समाबेश भएको प्रतोयोगिता कार्तिक ४ गते देखि सुरु भएर बिहिबार सम्पन्न भएको हो । भलिबल ,कबड्डि ,रिले दौड,हाईजम्प,लङजप लगायतका बिबिध बिधामा भएको प्रतोयोगितामा गाउँपालिका स्तरीय प्रथम अध्यक्ष कपको उपाधी अंक स्कोरको आधारमा राईजिङ भिलेजले प्राप्त गर्न सफल भएको हो । त्यसैगरी प्रतियोगितामा जनकल्याण मावि मासटार द्वितिय, सरस्वती मावि कल्लेरी तृतिय र अमन्तादेवि मावि कोईलिखर्कले सान्त्वना स्थान हासिल गर्न सफल भएको छ । गल्छि ४ मासटार जनकल्याण माबिको प्रागणमा भएको प्रतियोगितामा बिजयी हुने विजेताहरुलाई गाउँपालिका अध्यक्ष कृष्णहरि श्रेष्ठले क्रमशस् २५ हजार, १५ हजार, १० हजार र ५००० हजारको साथमा शिल्ड मेडल प्रमाण पत्र प्रदान गरेर सम्मान गरेका थिए । प्रतियिगिताको उदघाटन संघिय सांसद भुमि त्रिपाठीले गरेका थिए ।
    २०७६ कार्तिक ०८ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :कार्तिक ८, २०७६ शुक्रवार - १९:२५:३७ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology