आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

एएफसी यू-१९ का लागि २७ खेलाडी छनोट

एएफसी यू-१९ का लागि २७ खेलाडी छनोट

  • 4.0K
    SHARES
  • काठमाडौं । एएफसी यू–१९ च्याम्पियनसिपका लागि दोस्रो चरणको छनोट सम्पन्न भएको अखिल नेपाल फुटबल संघले जनाएको छ । प्रशिक्षक मेघराज केसीले साफ यू–१८ च्याम्पियनसिपमा सहभागी खेलाडीलगायतलाई २ महिनादेखि प्रशिक्षण गराएका थिए । साफ यू–१८ साफ खेलेका धेरै खेलाडी दोस्रो चरणकै छनोटमा पर्न सकेनन् । साफ यू–१८मा नेपालले राम्रो खेल प्रदर्शन गर्न सकेको थिएन । जसका कारण प्रशिक्षक चेतनारायण श्रेष्ठले राजीनामा दिएका थिए । अहिले टोलीलाई मेघराज केसीसँगै सहायक प्रशिक्षक प्रकाश अर्याल र गोलरक्षक प्रशिक्षक उज्ज्वल मानन्धरले प्रशिक्षण दिइरहेका छन् । नेपाल रहेको एएफसी यू–१९ च्याम्पियनसिपको छनोटको समूह ‘डी’ मा आयोजक इरान, यूएई र किर्गिस्तान छन् । नेपालले ६ नोभेम्बरमा यूएई, ८ नोभेम्बरमा इरानर १० नोभेम्बरमा किर्गिस्तानसँग खेल्नेछ । २०७६ कार्तिक १० गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :कार्तिक १०, २०७६ आइतवार - १८:३२:१५ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology