शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

प्रदेश ३ मा सवारी दर्ता संख्या न्युन

प्रदेश ३ मा सवारी दर्ता संख्या न्युन

  • 4.7K
    SHARES
  • काठमाण्डौँ । प्रदेश ३ मा सवारी दर्ता सङ्ख्या न्युन भएको छ । नम्बर ३ सरकारले अन्य प्रदेशको तुलनामा बढि राजश्व अशुल्दा प्रदेशमा दर्ता हुने सवारीको सङ्ख्या न्युन रहेको छ । प्रदेश ३ सरकारले प्रदेश २ को तुलनामा यातायातमा १० प्रतिशत बढि राजश्व असुल्दा प्रदेश अन्तर्गतको यातायात व्यवस्था सेवा कार्यालय हेटौंडामा दर्ता हुने सवारी न्युन रहेको हो । गत आर्थिक वर्ष ०७५÷०७६ को माघ महिनाबाट प्रदेश अन्तर्गत आएको कार्यालयमा हालसम्म तीनहजार आठसय ४२ सवारी दर्ता भएका छन् । दर्ता भएका सवारीमध्ये अधिकांश मोटरसाईकल रहेका छन् । यातायात व्यवस्था सेवा कार्यालय हेटौंडाका कार्यालय प्रमुख पोशण थापाको अनुसार हालसम्म कार्यालयमा दर्ता भएका सवारीमा तीनहजार पाँचसय ४२ मोटरसाईकल , एकसय ५२ ठुलो तथा मझौला सवारी , एकसय ४४ साना सवारी , दुईसय ५५ अटो तथा रिक्सा र दुई वटा ट्रयाक्टर रहेका छन् । प्रदेश ३ को अस्थायी राजधानी हेटांडामा नै यातायातसम्बन्धी सम्पुर्ण कार्य हुदा पनि यस प्रदेशको महंगो करको कारण छिमेकी प्रदेश २ को कार्यालय धाउनेको कमी नभएको कार्यालय प्रमुख थापा बताउछन् । उनले प्रदेश २ को यातायात कार्यालय नजिकै हुनु , त्यसमा पनि करमा १० प्रतिशत सहुलियत हुनाले अर्को प्रदेशका यस प्रदेशका सवारी चालकको आकर्शण बढेको बताएका छन । थापाको अनुसार गत आव ०७५÷०७६ मा २६ करोड ११ लाख ४८ हजार नौसय ७६ रुपैयाँ कर संकलन गरेको कार्यालयले चालु आवको दुई महिनामा पाँच करोड २८ लाख तीन हजार नौसय ३९ संकलन गरेको छ । जसमा गत आवमा सातहजार दुईसय ८६ र यस आवमा एकहजार ८३ सवारी पञ्जिकृत , दुईहजार सवारी चालक अनुमति पत्रको नविकरण , १९ हजार दुईसय २८ सवारीको ब्लुबुक नविकरण , १४ हजार दुईसय ३५ सवारीको रुट पर्मिट नविकरण गरिएको थियो ।
    २०७६ कार्तिक १७ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक १७, २०७६ आइतवार - १९:५१:०६ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology