आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

नेपालद्धारा एमसीसीमाथि सहज जित

नेपालद्धारा एमसीसीमाथि सहज जित

  • 4.7K
    SHARES
  • काठमाडौं । नेपालले मेरिलेबोन क्रिकेट क्लब ९एमसीसी० लाई पाँच विकेटले पराजित गरेको छ । त्रिवि क्रिकेट मैदानमा आज सोमबार भएको खेलमा नेपालले सहज जित हात पारेको हो । २०२ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको नेपालले ३७.३ ओभरमा पाँच विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो । नेपालको जितमा विनोद भण्डारीले अर्धशतकीय पारी खेल्दै ५२ रनमा अविजित रहे । पवन सर्राफले अविजित ३८, शरद भेषावकरले २४ दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले समान २३ रन जोडेका थिए। टस जितेर पहिले ब्याटिङ गरेको एमसीसीले ३९.२ ओभरमा सबै विकेटको क्षतिमा २०१ रन मात्रै बनाएको थियो । नेपालका लागि बलिङतर्फ ललितनारायण राजवंशी र पवन सर्राफले समान ४–४ विकेट लिए । त्यस्तै, अविनाश बोहरा र करण केसीले समान १–१ विकेट लिएन सफल भएका थिए ।
    २०७६ कार्तिक १८ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :कार्तिक १९, २०७६ मंगलवार - ००:५३:३३ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology