आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

मुक्तिनाथ विकास बैँकद्धारा गोरखनाथ कल्याण केन्द्र धार्केलाई २५ हजार हस्तान्तरण

मुक्तिनाथ विकास बैँकद्धारा गोरखनाथ कल्याण केन्द्र धार्केलाई २५ हजार हस्तान्तरण

  • 7.3K
    SHARES
  • धार्के । धादिङको धुनिबेशी ५ विजयपुरमा रहेको गोरखनाथ कल्याण केन्द्रलाई मुक्तिनाथ विकास बैँक धार्के शाखाले २५ हजार रकम हस्तान्तरण गरेको छ । मुक्तिनाथ विकास बैँकका धार्के शाखाका प्रमुख राजिव आचार्यले गोरखनाथ कल्याण केन्द्र धार्केका अध्यक्ष अर्जुन रेग्मीलाई २५ हजार रुपैँयाको चेक हस्तान्तरण गर्नुभएको हो । बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विजयपुर स्थित मन्दिरमा हुने विविध कार्यक्रमलाई सहयोगका लागि उक्त रकम हस्तान्तरण गरिएको बैँकका शाखा प्रमुख आचार्यको भनाई छ । बैँकले यस अघि पनि तसर्पुमा रहेको जनभोजनालय लगायत सामाजिक तथा साँस्कृतिक सँघ सँस्थामा आर्थिक सहयोग गरेको थियो ।
    २०७६ कार्तिक २२ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :कार्तिक २३, २०७६ शनिवार - ०१:३५:०५ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology