शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

तरकारीको मूल्य तीन गुणा बढ्यो

तरकारीको मूल्य तीन गुणा बढ्यो

  • 5.2K
    SHARES
  • काठमाण्डौँ । पछिल्लो समय दैनिक उपभोग्य हरियो तरकारीको मूल्य अकासिएको छ । गत वर्षको यसै अवधिको मूल्यअनुसार तरकारीको यस वर्षको मूल्य तीन गुणासम्म वृद्धि भएको पाइएको हो । तरकारीको मूल्य अकासिएपछि त्यसको असर प्रत्यक्ष रूपमा सर्वसाधारणमा देखिन थालेको छ । जसका कारण सर्वसाधारण नागरिकलाई महँगीले भान्सा चलाउनसमेत हम्मेहम्मे परेको छ । कात्तिक तथा मंसिरलाई हरियो तरकारीको सिजनका रूपमा हेर्ने गरिएको भए पनि अहिले बजारमा प्रतिकिलो सय रुपैयाँभन्दा तल कुनै पनि तरकारी पाउन मुस्किल छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार गत वर्षको तुलनामा यस वर्ष हरियो तरकारीको मूल्य झन्डै तीन गुणासम्म बढेको देखिएको हो । कुनैकुनै तरकारीमा गत वर्षको मूल्यभन्दा प्रतिकिलो २ सय ५० रुपैयाँसम्म बढेको छ । समितिले सार्वजनिक गरेको अघिल्लो वर्षको यसै अवधिको मूल्य सूचीअनुसार यस वर्ष काउली, घिउसिमी, बोडी, तीतेकरेला, ब्रोकाउली, परवल, बन्दा, गोलभेंडा, पालुगोको साग, चमसुर, मेथीको साग, हरियो धनिया, अदुवा, प्याज, गाँजर, चुकुन्दरलगायतका दैनिक उपभोग्य वस्तुको मूल्य दुईदेखि तीन गुणासम्म वृद्धि भएको छ । समितिको तथ्यांकले गत वर्षको २८ कात्तिकको मूल्य सूचीअनुसार यस वर्षको सोही अवधिमा हरियो तरकारीको मूल्य बढेको देखाएको हो । समितिका प्रवक्ता विनय श्रेष्ठले भने बजारमा तरकारीको आपूर्ति कम हुँदा मूल्यवृद्धि भएको बताए । उनका अनुसार तरकारी बाली लगाउने समयमा धेरै वर्षा भएको र तरकारी लगाउनसमेत ढिलाइ भएका कारण मूल्य बढेको हो । प्रवक्ता श्रेष्ठले विभिन्न जिल्लाबाट कालिमाटीमा फलफूल तथा तरकारी बजारमा दैनिक ९ देखि १० टन भित्रिँदै आएकोमा हाल ७ टनमा सीमित भएको समेत जानकारी दिए । यता उपभोक्ताकर्मीहरू भने नियामक निकायले अनुगमन नगरेका कारण मूल्यवृद्धि भएको बताउँदै आएका छन् । उनीहरूका अनुसार नियामक निकायबाट नियमित अनुगमन नहुँदा बजारमा बिचौलिया हावी भएका कारणसमेत दैनिक उपभोग्य वस्तुको मूल्य अकासिएको हो । आजको राजधानी दैनिकमा खबर छ । २०७६ कात्तिक २९ गते प्रकाशित  

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक २९, २०७६ शुक्रवार - १६:२४:५४ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology