आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

राजधानीमै नक्कली डाक्टर, बालिकाको ज्यान गएपछि मेडिकल बन्द गरेर सबै फरार

राजधानीमै नक्कली डाक्टर, बालिकाको ज्यान गएपछि मेडिकल बन्द गरेर सबै फरार

  • 6.4K
    SHARES
  • काठमाडौं । बुढानीलकण्ठ नगरपालिका–८ सुन्दरबस्तीकी १० वर्षीया कृष्मा खतिवडालाई तीन साताअघि सामान्य ज्वरो आयो। आफन्तले कात्तिक १० गते भंगालमा रहेको अक्सिजन नेसनल मेडिकल पुर्याए। त्यहाँ डाक्टरका रुपमा कार्यरत अंगतमणि श्रेष्ठ कृष्मालाई ज्वरोले च्यापेको भन्दै भर्ना गरेर स्लाइन चढाउनुपर्ने बताए। आफन्तले कृष्मालाई मेडिकलमै भर्ना गरे। बाबुआमा वैदेशिक रोजगारमा रहेकाले कृष्मा हजुरबुवालगायत आफन्तसँग बस्थिन्। दुई दिन मेडिकलमा राखेपछि श्रेष्ठले औषधि दिएर उनलाई घर पठाए। छोरी बिरामी भएको थाहा पाएपछि बाबुआमा १६ गते बेलुकी जापानबाट नेपाल फर्किए। १७ गते दिउँसो फेरि कृष्मालाई ज्वरो बल्झियो। हजुरबुवाले त्यही लगौं भनेपछि पहिलेकै मेडिकल लगे। श्रेष्ठले फेरि पनि भर्ना गरेर स्लाइन दिनुपर्ने दोहो¥याए। त्यसपछि उनी त्यहाँ दोस्रोपल्ट भर्ना भइन्। भर्ना भएको भोलिपल्ट श्रेष्ठले बिरामीलाई एउटा एन्टिबायोटिक औषधि खुवाउनुपर्ने आफन्तलाई बताए। डाक्टरले सोधेपछि आफन्तले नाइँ भन्ने कुरो भएन। श्रेष्ठले बिरामीलाई औषधि खुवाए। त्यसको भोलिपल्टदेखि कृष्माले बारम्बार बान्ता गर्न थालिन्। यस्तो देखेर बाबुआमा डराए। श्रेष्ठले बिरामीलाई सास फेर्न गाह्रो भएकाले १० दिनसम्म खुवाउने औषधि लेखिदिए। त्यसपछि उनी दोस्रोपल्ट डिस्चार्ज भइन्। डिस्चार्ज गर्ने बेला श्रेष्ठले आफू लामो बिदामा बस्ने भएकाले मेडिकल नआउनू भनेका थिए। डिस्चार्जपछि कृष्मालाई ज्वरोले झन् सतायो। ज्वरो बढेपछि आफन्तले १९ गते बिहान उनै डाक्टर श्रेष्ठलाई फोन गरे। श्रेष्ठले अन्तर्राष्ट्रिय बालमैत्री अस्पतालमा लैजान अराए। त्यही दिन आफन्तले कृष्मालाई बालमैत्री अस्पताल पुर्याए। त्यहाँ चिकित्सकले कृष्माको छातीको एक्सरे गरे। रिपोर्टमा निमोनियाले ढाकेको देखियो अनि उनलाई आइसियुमा भर्ना गरियो। तर उनको रोग निको भएन बरु भर्ना भएको ६ दिनपछि ज्यान गयो। त्यसयता आमा मञ्जु खतिवडा ९बस्ताकोटी० विक्षिप्तजस्तै छिन्, घरि रुन्छिन्, घरि टोलाउँछिन्। ‘सबै गाउँलेले त्यही मेडिकलमा उपचार गराउँथे, छोरीलाई पनि त्यहीं लग्नुभएको रहेछ। हामी जापान थियौं। छोरी बिरामी परेपछि नेपाल आएका हौं। यहाँ आएर बुझ्दा त्यो मेडिकल दर्तै रहेनछ, डाक्टर पनि नक्कली रहेछन्,’ मञ्जुले भक्कानिँदै भनिन्। मेडिकलमा लामो समय राखेपछि कृष्मालाई आफन्तले उपचारका लागि बाल अस्पताल पुर्याएका थिए। बाल अस्पतालका डाक्टरले मेडिकलले गलत उपचार र अनावश्यक औषधि सेवन गराएकाले बिरामीको अवस्था गम्भीर भएकाले बचाउने नसकेको बताएका थिए। त्यसपछि आक्रोशित आफन्तले अक्सिजन नेसनल मेडिकलमा घेरा हाले। त्यसको भोलिपल्टदेखि उक्त मेडिकल बन्द गरेर श्रेष्ठलगायत सबै कर्मचारी फरार भएका छन्। आजको नागरिक दैनिकमा खबर छ । २०७६ मँसिर ४ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :मंसिर ४, २०७६ बुधवार - १६:५३:३३ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology