आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

युरो २०२० का लागि २० टिम छनोट

युरो २०२० का लागि २० टिम छनोट

  • 5.3K
    SHARES
  • काठमाडौं । सन् २०२० जुन १२ देखि जुलाई १२ सम्म युरोपका विभिन्न १२ वटा शहरमा हुने युरो २०२० फुटबल प्रतियोगिताका लागि २० टिम छनोट भएका छन्। बुधबार राति हंगेरीलाई २–० ले पराजित गर्दै वेल्स सिधैं छनोट हुने अन्तिम तथा २०औं टिम बन्यो। २४ देशबीच हुने युरो कपको बाँकी चार स्थानका लागि १५ देशबीच प्लेअफ हुने भएको छ। युरो कपका लागि समूह "ए" बाट इंग्ल्यान्ड र चेक रिपब्लिक, समूह "बी" बाट युक्रेन र पोर्चुगल, समूह "सी" बाट जर्मनी र इटाली, समूह "डी" बाट स्विट्जरल्यान्ड र डेनमार्क, समूह "ई" बाट क्रोएसिया र वेल्स, समूह ुएफु बाट स्पेन र स्विडेन, समूह "जी" बाट पोल्यान्ड र अस्ट्रिया, समूह "एच" बाट फ्रान्स र टर्की, समूह "आइ" बाट बेल्जियम र रसिया र समूह "जे" बाट इटाली र फिनल्यान्ड छनोट भएका छन्। अब चार स्थानका लागि कोसोभो, बुल्गेरिया, सर्विया, नर्दन आइरल्यान्ड, बेलारुस, आयरल्यान्ड गणतन्त्र, जर्जिया, हंगेरी, स्लोभिकया, नर्वे, रोमानिया, मेसेडोनिया, इजरायल, स्टकल्यान्ड र बोस्निया एन्ड हर्जगोभिनाबीच प्ले अफ हुनेछ।

    images
    images
    images
    प्रकाशित मिति :मंसिर ४, २०७६ बुधवार - १७:१२:५५ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology