धादिङ । धादिङ कृषि, पर्यटन तथा व्यापार मेला यही मंसिर १३ गतेबाट शुरु हुने भएको छ । शिखरिणी कृषि तथा पर्यटन सहकारी संस्थाको आयोजनामा उक्त मेला हुन लागेको पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको छ । शिखरिणीका अक्ष्यक्ष कल्पना अधिकारीले नेपाल भ्रमण वर्ष २०२० को प्रवर्धनमा सहयोग पुर्याउन मेला आयोजना गर्न लागिएको बताउनुभयो । उहाँले आफ्नो संस्था मेलाको पहिले नै सह आयोजक रहेको र जिल्ला होटल संघ विशेष परिस्थितिमा पछाडि हटेकाले सहकारी संस्थाले मेलाको आयोजनाको सम्पूर्ण जिम्मेवारी लिन लागेको पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । अन्य मेला र महोत्सव भन्दा अहिलेको मेला फरक किसिमले गर्न लागिएको भन्दै अधिकारीले नाफालाई सामाजिक विकासमा खर्च गरिने बताउनुभयो ।
कार्यक्रममा नीलकण्ठ नगरपालिकाका सल्लाहकार एंवम साँस्कृतिक समितिका संयोजक दिपक कोइरालाले मेलामा राष्ट्रिय भन्दा स्थानीय कलाकारलाई बढी स्थान दिइने जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा डा। मुरारी अधिकारीले यो मेला कुनै पक्षको नभएर सिङ्गो जिल्लाको मेला भएको प्रष्ट पार्नुभयो ।
२०७६ मँसिर ४ गते प्रकाशित