थाक्रे । धादिङको थाक्रे ८ मा रहेको यति टायल एण्ड ब्रिक ईण्डष्ट्रीजले मजुदुरहरुलाई रोजगार करारनामा गराएर मात्र काम लगाउने जनाएको छ । प्रयास नेपाल धादिङ र जिएफआईको साझेदारीमा सन्चालित बेटर ब्रिक परियोजना अन्तर्गत उद्योगमा भएको कार्यक्रममा परियोजनाको बारेमा मजदुरहरुलाई जानकारी गराउँदै यो कुरा जानकारी गराईएको हो ।
कार्यक्रममा उद्योगी माधव गजुरेलले सहभागी मजदुरहरुलाई आधारभुत पारिश्रमिक, महँगी भत्ता, सँचयकोष, उपदान, सामाजिक सुरक्षा कोषमा योगदान, बिदा, बिमा लगायतका बारेमा जानकारी गराउनुभएको छ । उहाँले सम्भवत जिल्लाका अन्य ईँटा उद्योगहरुले यस किसिमको व्यवस्था नगरेको बताउँदै यति टायल एण्ड ब्रिक ईण्डष्ट्रीज नै पहिलो उद्योग भएको बताउनुभयो ।
भिडियो हेर्नुहोस्...
https://www.facebook.com/nagarikpatitv/videos/489652471648859/

सो अवसरमा बेटर ब्रिक परियोजना र परियोजनाले ईँटा उद्योगमा सन्चालन गरिरहेको कामको बारेमा प्रयास नेपालका सुनिता कँडेलले सहभागीलाई जानकारी गराउनुभएको थियो ।
२०७६ मँसिर ०५ गते प्रकाशित