शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

सुनसहित रसुवागढी नाकाबाट २ महिला पक्राउ

सुनसहित रसुवागढी नाकाबाट २ महिला पक्राउ

  • 4.4K
    SHARES
  • काठमाडौं । सुनसहित रसुवागढी नाकाबाट २ महिला पक्राउ परेका छन् । विशेष सुराकीका आधारमा खटिएको प्रहरी टोलीले आज बिहान रसुवागढी नाकाबाट उनीहरूलाई पक्राउ गरेको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिनु भएको छ । पक्राउ पर्नेको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन । रसुवाका प्रजिअ भण्डारीका अनुसार, उनीहरूले पटुकामा बाँधेर सुन भित्र्याएका थिए । ‘६ वटा सुनका डल्ला फेला परेका छन् । भण्डारीका अनुसार, पछिल्लो समय तस्करहरू महिलाहरूलाई प्रयोग गरी सुन तस्करी गर्ने शैली अपनाउन थालेका छन् ।
    २०७६ मंसिर ०९ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर ९, २०७६ सोमवार - २०:४७:५७ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology