आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

नेपाल द्धारा माल्दिभ्स २-१गोलले पराजित

नेपाल द्धारा माल्दिभ्स २-१गोलले पराजित

  • 5.8K
    SHARES
  • काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग० अन्तर्गत आज शनिबार माल्दिभसलाई २-१ ले पराजित गरेको छ । दशरथ रंगशालमा भएको खेलमा नेपालले एक गोलले पछि परेको स्थिति उल्टाउँदै मालदिभ्सलाई २-१ ले हरायो । र, फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ। माल्दिभ्सविरुद्ध नेपाल १८औं मिनेटमै पछि परेको थियो । डिफेण्डर विकास खवासले ब्याक पास दिएको बल गोलकिपर विकेशले क्लियर गर्न नसक्दा मैदान बाहिर फाले । माल्दिभ्सले थ्रो पायो र इब्राहिम हुसेनले गोल गर्दै माल्दिभ्सलाई अग्रता दिलए । लगातार विपक्षीमाथि दबाव दिएको नेपालले पहिलो हाफमै बराबरी गोल फर्कायो । ४३ मिनेटमा अभिषेक रिजालले उत्कृष्ट गोल गर्दै खेल बराबरी गरे । दोस्रो हाफमा शुरुमै अनन्त तामाङले सुनिलब बलको कर्नरमा गोल गर्दै नेपाललाई अग्रता दिलाए र त्यही अग्रता कायम राख्दै नेपालले खेल जित्यो । पहिलो खेलमा भुटानलाई ४ ० ले पराजित गर्दा शुरुदेखि नै विपक्षीमाथि दबाब बनाएर खेलेको थियो । माल्दिभ्सलाई पराजित गरेपछि ५ राष्ट्र सहभागी सागमा नेपाल ७ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ । माल्दिभ्स भने ४ खेलबाट २ अंक जोड्दै बाहिरिएको छ । अब नेपालले लिगको अन्तिम खेल बंगलादेशसंग आइतबार खेल्नेछ ।
    २०७६ मंसिर २१ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :मंसिर २२, २०७६ आइतवार - ०१:५३:०५ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology