आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

१३ औं सागमा नेपालको स्वर्ण ४३ पुग्यो

१३ औं सागमा नेपालको स्वर्ण ४३ पुग्यो

  • 5.5K
    SHARES
  • काठमाडौ । १३ औं सागमा नेपालको स्वर्ण ४३ पुग्यो छ । आज भएको कुस्तीमा महिलातर्फ नेपालले ऐतिहासिक स्वर्ण जितेको छ । जनकपुरमा भएको कुस्ती प्रतिस्पर्धामा नेपालले महिला ५५ केजीमा स्वर्ण जित्न सफल भयो । नेपाललाई संगीता धामीले स्वर्ण जिताइन् । कुस्तीमा नेपालको यो पहिलो स्वर्ण हो । संगीताले बंगलादेशी खेलाडी सारकिर रिनलाई फाइनलमा पराजित गरिन् । त्यस्तै आज नै भएको महिलातर्फको ५७ केजी तौल समूहमा नेपालकी अम्बिका भण्डारीले रजत हात पारिन् । उनी फाइनलमा भारतीय खेलाडीसँग पराजित भइन्। १३औँ सागमा नेपालका लागि स्वर्ण जित्नेहरु १. मण्डेकाजी श्रेष्ठ– (पुरुष एकल काता) कराँते २. मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ र प्रविण मानन्धर– (पुरुष टिम काता) कराँते ३. निर्मला तामाङ, संगीता मगर र सरु कार्की– (महिला टिम काता) कराँते ४.लक्ष्मण तामाङ– (५५ केजी) कराँते ५.विल्पवलाल श्रेष्ठ– (८४ केजीमाथि) कराँते ६. कुसुम खड्का– (४५ केजीमुनि) कराँते ७. अनु अधिकारी– (५० केजीमुनि) कराँते ८.नवीन रसाइली– (६७ केजी) कराँते ९. सुनिता महर्जन– (६८ केजी) कराँते १०. अनुपमा मगर– (६८ केजी) कराँते ११. कलम श्रेष्ठ– (२३–२९ वर्ष) तेक्वान्दो पुम्से १२. सिना मादेन लिम्बू– (१७–२३ वर्ष) तेक्वान्दो पुम्से १३. पार्वती गुरुङ– (२३–२९ वर्ष) तेक्वान्दो पुम्से १४. आयशा शाक्य– (२९ वर्षमाथि) तेक्वान्दो पुम्से १५. आयशा शाक्य र सञ्जिवकुमार पाण्डे– (२९ वर्षमाथि) तेक्वान्दो पुम्से १६. निशा दर्नाल, स्वस्तिका तामाङ र सञ्जिला तिमल्सिना– (१७–२३ वर्ष) पुम्से महिला टिम १७. निता गुरुङ, प्रशंसा क्षेत्री र सुशिला राई– (२३–२९ वर्ष) पुम्से महिला टिम १८. काजल श्रेष्ठ– (४६ केजीमुनि) तेक्वान्दो १९. वीरबहादुर महरा– (६८ केजीमुनि) तेक्वान्दो २०. सोनी गुरुङ – ट्रायथलन २१. हिमाल टमाटा– डुवालोथन २२. विजय सिञ्जाली– उसु (थाउलो) २३. सुस्मिता गुरुङ– उसु (थाउलो) २४. दीपक हमाल– उसु (थाउलो) २५. सन्तोषी श्रेष्ठ– एथलेटिक्स (१० हजार मिटर) २६. राजेश मगर– साइक्लिङ (डाउनहिल) २७.निश्मा श्रेष्ठ– साइक्लिङ (डाउनहिल) २८. संगीता बस्याल– (६२ केजीमुनि) तेक्वान्दो २९. सक्षम कार्की– तेक्वान्दो ३०. निमा घर्ती मगर - उसु ३१. लक्ष्मी मगर– साइक्लिङ ३२. बुद्धिबहादुर तामाङ– साइक्लिङ ३३.सञ्जु चौधरी - भारोत्तलन ३४. गौरिका सिंह - पौडी ३५.जुनी राई - उसु ३६. भुपेन श्रेष्ठ– तेक्वान्दो ३७. गोपीचन्द्र पार्की– दौड ३८.सुवास तामाङ– गल्फ (व्यक्तिगत) ३९.टिम इभेन्ट– गल्फ ४०. विकास थापा– भारोत्तोलन ४१. गौरिका सिंह– पौडी ४२. किरणसिंह बोगटी– म्याराथन ४३. संगीता धामी– कुस्ती २०७६ मंसिर २१ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :मंसिर २२, २०७६ आइतवार - ०२:०९:११ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology