शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

तसर्पूमा रहेको जनभोजन कार्यक्रमलाई आर्थिक सहयोग

तसर्पूमा रहेको जनभोजन कार्यक्रमलाई आर्थिक सहयोग

  • 4.9K
    SHARES
  • शिवराज आचार्य धार्के । धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ५ तसर्पू दामेचौरमा रहेको प्रेम सागर फाउन्डेशन द्धारा सञ्चालीत जनभोजन कार्यक्रमलाई रुद्र बहादुर राउत स्मृति प्रतिस्ठानले नगद २५ हजार आर्थिक सहयोग गरेको छ । प्रेम सागरको जनभोजन कार्यक्रमको कार्यालय तसर्पू दामेचौरमा एक कार्यक्रमको विच रुद्र बहादुर राउत स्मृति प्रतिस्ठानका अध्यक्ष देवी बहादुर राउतले जनभोजा कार्यक्रमका व्यवस्थापक भोला राउत र थाक्रे गाउापालिका कार्यापालिका सदस्य रजनी लामालाई नगद २५ हजार नगद हस्तान्तरण गर्नु भएको छ । प्रेम सागर फाउन्डेशन द्धारा सञ्चालित जनभोजन कार्यक्रमले दैनिक ३ सय ७५ जना बालबालीकाहरु लाई बिहानको खाना खुवाउँदै आएको छ भने धादिङ र मकवानपुरका बिभिन्न विद्यालयका १ हजार ५ सय भन्दा बढी बिद्यार्थीहरुलाई दिवा खाजा कार्यक्रम सञ्चालन गदै आएको व्यवस्थापक राउतले बताए । जनभोजन कार्यक्रममका लागी दैनिक खाना र खाजा ब्यबस्थापन खर्च ५० हजार लाग्ने गरेको छ । एक दिनको खाना बराबरको खर्च व्यवस्थापन गरेको प्रतिस्ठानले जनाएको छ । आगामी दिनमा पनि यसै गरी सहयोग गर्दै जाने प्रतिस्ठानले बताएको छ । २०७६ मंसिर २२ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर २३, २०७६ सोमवार - ०२:३९:०६ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology