आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

नेपालले साग फुटबलको स्वर्णका लागि भुटानसँग खेल्दै

नेपालले साग फुटबलको स्वर्णका लागि भुटानसँग खेल्दै

  • 3.7K
    SHARES
  • काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को पुरुष फुटबलको स्वर्ण पदकका लागि आज नेपालले भुटानसँग खेल्दैछ । साग फुटबलको स्वर्णका लागि दिउँसो तीन दशरथ रंगशालामा नेपालले भुटानको सामना गर्न लागेको हो । सन् १९९३ मा नेपालले साग फुटबलमा पहिलो पटक स्वर्ण पदक जितेको थियो । त्यो बेला टिमका खेलाडी रहेका बालगोपाल महर्जन अहिले प्रशिक्षक छन् । यसअघि भारतमा भएको १२औंमा पनि नेपालले फुटबलतर्फको स्वर्ण पदक जितेको थियो । अघिल्लो संस्करणमा भारतलाई हराउँदै नेपालले स्वर्ण जितेको थियो । यो संस्करणमा भारत र पाकिस्तानले फुटबलमा भाग लिएनन् । अ हिलेसम्म नेपाल पाँच पटक फाइनलमा पुगेको छ । भुटान भने सागको इतिहासमा पहिलो पटक फाइनलमा पुगेको हो । समूह चरणमा नेपालले भुटानलाई ४–० ले हराएको थियो । भुटानले जारी सागमा बंगलादेशलाई १–० ले, माल्दिभ्सलाई २–१ र श्रीलंकालाई ३–१ ले हराएर फाइनलमा आइपुगेको हो ।
    २०७६ मँसिर २४ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :मंसिर २४, २०७६ मंगलवार - १७:१८:५५ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology