पोखरा । दोस्रो संस्करणको पोखरा प्रिमियर लिग ९पिपिएल० टी २० क्रिकेट प्रतियोगिताको ट्रफी अनावरण गरिएको छ।शुक्रबार दिनभर वर्षा भएको पोखरामा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ट्रफी अनावरण गरेका हुन्। वर्षाकै कारण २८ गते शनिबार हुने भनिएको उद्घाटन खेल वर्षाका कारण प्रभावित भएको छ। सबै टिमको सहमतिमा खेलहरु २९ गतेदेखि हुने आयोजक क्वीन्स इभेन्टले जनाएको छ।
पोखरा प्रिमियर लिगको दोस्रो संस्करणमा पनि नेपालका ६ सहरका ६ फ्रेन्चाइज टिमहरुको सहभागिता रहनेछ। जसमा विराटनगर टाइटन्स, पोखरा पल्टन, बुटवल ब्लास्टर्स, चितवन राइनोज, काठमाडौं गोल्डेन्स वारीयर्स र धनगढी ब्लुज छन्।
यस सिजनको पिपिएल विजेताले २७ लाख रुपैयाँ पुरस्कार पाउनेछ। उपविजेताले १० लाख रुपैयाँका साथै उत्कृष्ट तीन खेलाडीलाई मोटरसाइकल पुरस्कार दिइँदै छ। जसमा म्यान अफ दि सिरिज, उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्सम्यान रहने छन्।
२०७६ मँसिर २८ गते प्रकाशित