आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

ए डिभिजन लिगमा मछिन्द्रको विजयी शुरुवात,ब्रिगेड ब्वाइज २-० ले पराजित

ए डिभिजन लिगमा मछिन्द्रको विजयी शुरुवात,ब्रिगेड ब्वाइज २-० ले पराजित

  • 5.0K
    SHARES
  • काठमाडौं । मछिन्द्र क्लबले शहीद स्मारक ए डिभिजन लिगमा विजयी शुरुवात गरेको छ । राष्ट्रिय टिमका पूर्वकप्तान विराज महर्जनसहित स्टार खेलाडी भित्र्याएको मछिन्द्रले लिगको उद्घाटन खेलमा ब्रिगेड ब्वाइज क्लबलाई २(० ले हराएको हो । उद्घाटन खेल दशरथ रंगशालामा हुने भनिएपनि मैदान हिलो भएको लिग आयोजक अखिल नेपाल फुटबल संघ एन्फाले खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सारेको थियो । खेलमा मछिन्द्रका लागि विशाल राई र दिपक राईले गोल गरे । १९औं मिनेटमा रन्जित धिमालले प्रहार गरेको प्रिmकिक पोष्टमा लागेर फर्किएको थियो । तर २६ औं मिनेटमा पाएको फ्रिकिकमा गोल गष्र्न सफल भयो । ५०औं मिनेटमा दिपक राईले मछिन्द्रको अग्रता दोब्बर बनाए । राष्ट्रिय टिमका पूर्वकप्तान अनिल गुरुङको कप्तानीमा रहेको ब्रिगेड ब्वाइजले सुरुवातमा केही अवसर पाएपनि त्यसलाई गोलमा परिणत गर्न भने चुकेको थियो ।जितपछि मछिन्द्रले ३ अंक जोडेपनि अंकतालिकामा २ अंक मात्र छ ।
    २०७६ मंसिर २८ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :मंसिर २९, २०७६ आइतवार - ०४:३८:४० बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology