शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

थाक्रे गाउँपालिका द्धारा ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण सुरु

थाक्रे गाउँपालिका द्धारा ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण सुरु

  • 7.3K
    SHARES
  • नागरिक पाटि संवादाता धार्के । धादिङको थाक्रे गाउँपालिकाले ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण सुरु गरेको छ । गाउँपालिकाको ५० प्रतिशत र कृषक समुहका नागरिकहरुको ५० प्रतिशत अनुदानमा ७ हज पावारको हते ट्याक्टर वितरण गरिएको हो । आर्थिक वर्ष २०७५÷०७६ मा बजेट बाट विनियोजन भई चालु आ।ब को २०७६÷०७७मा निरन्तरता पाएको आधुनिक कृषि अ‍ैजार खरिद कार्यक्रमको रकम बाट ५० प्रतिशत अनुदानमा कृषक समुहलाई हाते ट्याक्टर वितरण गरिएको गाउँपालिकाका अध्यक्ष राम कुमार आचार्यले बताउनु भयो । गाउँपालिकाले प्रतेक वडामा ७ ओटाका दरले ट्याक्टर वितरण गर्ने छ । आज वडा नम्बर ९ र १० का कृषक समुहहरु लाई ७ ÷७ ओटाका दरले हाते ट्याक्टर वितरण गरिको हो । १२ महिना खेतिगर्ने किसानहरुका लागी लक्षित गरि हाते ट्याक्टर वितरण गरिएको अध्यक्ष आचार्यले बताउँनु भयो ।
    २०७६ मंसिर २९ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर ३०, २०७६ सोमवार - ०४:०६:५८ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology