शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

युवाहरुको लागि स्वदेशमै रोजगारी सिर्जना हुने वातावण बनाउँदैछौँ : साँसद त्रिपाठी

युवाहरुको लागि स्वदेशमै रोजगारी सिर्जना हुने वातावण बनाउँदैछौँ : साँसद त्रिपाठी

  • 5.9K
    SHARES
  • सन्तोष सुवेदी

    images
    images

    महादेबबेशि । देशको भौतिक निर्माण सँगै युवाहरुलाई समेत बजेट छुट्याउनु पर्ने सँघिय साँसद भुमि त्रिपाठीले बताउनु भयो । युवाहरुलाई स्वरोजगार तथा सिपमा दक्षता हासिल गर्न बजेटका कुरा सँसद सम्म लैजाने उद्घोष गर्नुभएको छ । धादिङको थाक्रे गाउँपालिका ६ महादेवबेशिको सिड्स नेपाल धादिङको प्राङ्गणमा आप्रबासन सम्बन्धि कार्यक्रममा प्रमुख अतिथीका रुपमा आउनु भएका सँघिय साँसद भुमि त्रिपाठीले समृद्धिका लागी युवा मस्तिष्कलाई सहि दिशामा लैजानु पर्ने बताउनु भयो ।

    अहिलेको पुस्ता भन्दा पनि अब आउने पुस्ता अझ सशक्त हुनु पर्ने र यसमा कसैले रिस र डाह गरे देश अधोगति तर्फ जाने समेत त्रिपाठीले बताउनु भयो । युवाहरुको मन, मस्तिष्कलाई बुझेर स्वदेशमै रोजगारी सिर्जना गर्ने वाताबरण बनाउनु पर्ने बताउनुभयो । कार्यक्रमका बिषेश अतिथी तथा थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यले गाउँपालिकामा युवा स्वरोजगारका लागी बिबिध कार्यक्रम भईरहेको र योजना अनुसारका काम गर्न थाक्रे गाउँपालिका तयार रहेको बताउनुभयो ।

    युवाहरुको लागी सिप नै मुख्य हतियार हो भन्दै सिप सिक्न सबैमा अनुरोध गर्नुभयो । अध्यक्ष आचार्यले कृषिको लागी पनि बिभिन्न योजनाहरु बनिरहेको र यसमा युवाहरुको सहभागीतामा जोड दिईने बताउनुभयो । आप्रबासि कामदार दिवसको अबसरमा सिड्स नेपाल धादिङको प्राङ्गणमा तिन कार्यक्रम सम्पन्न भएको छ । सँघिय साँसद भुमी त्रिपाठीको प्रमुख आतिथ्यता तथा थाक्रे गाउँपालिका अध्यक्ष रामकुमार आचार्यको बिषेश आतिथ्यतामा सञ्चालित कार्यक्रममा युवाहरुलाई कसरी स्वरोजगार बनाउन सकिन्छ , युवालाई सहि बाटोमा कसरी अग्रसर गर्न सकिन्छ भन्ने लगायत समग्र क्षेत्रमा रहेर छलफल तथा अन्तरक्रिया गरिएको छ ।

    समृद्धिको यात्रामा युवाको नेतृत्व, शान्ति र दिगो बिकास नेपालको अस्तित्व भन्ने मूल नाराका साथ सञ्चार माध्यम परिचालन युवाहरुको सहभागीतामा पहिचान भएका सवाल र समस्या समाधानका उपाय बिषयक अन्तरक्रिया तथा प्रतिबद्धता कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा दौड प्रतियोगीता पनि सम्पन्न भएको छ । दौड प्रतियोगीतामा छात्र तर्फ प्रथम रोसन लामा, द्धितियमा शिशिर तिवारी, तृतियमा ईश्वर खड्का र सान्त्वनामा बिश्वराम रेग्मी बिजयी भएका छन् । यस्तै छात्रा तर्फ निर्मला पौडेल प्रथम, सिर्जना सुवेदी द्धितिय र बिनिता प्रजा र सान्त्वनामा सरिता तामाङ बिजयी भएका छन् । बिजयी प्रथम, द्धितिय, तृतिय र सान्त्वना हुनेलाई क्रमशः नगद सहित प्रमाणपत्र प्रदान गरिएको छ ।

    यसैगरी कार्यक्रममा चन्द्र ज्योति युवा सिकाई केन्द्र ई लाईबेरी र पुस्तकालयको समेत उद्घाटन गरिएको छ । युवाहरुलाई पढ्ने बानिको बिकास गर्न र नयाँ ज्ञान हासिल गर्न कम्प्युटर सहितको ई लाईबेरी सँघिय साँसद भुमि त्रिपाठीले रिवन काटेर उद्घाटन गर्नुभएको हो । कार्यक्रममा सिड्स नेपाल धादिङका कार्यकारी निर्देशक गोकर्ण रुपाखेतिले सहजिकरण गर्नुभएको थियो ।

    २०७६ पौष २ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :पौष ३, २०७६ बिहिवार - ०२:१५:२९ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology