शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

थाक्रेको माटीगाउँमा कृषकहरुलाई सोलार एवम् प्लास्टिक घर वितरणका साथै समुदायसँग अन्तरक्रिया तथा अनुगमन

थाक्रेको माटीगाउँमा कृषकहरुलाई सोलार एवम् प्लास्टिक घर वितरणका साथै समुदायसँग अन्तरक्रिया तथा अनुगमन

  • 5.4K
    SHARES
  • थाक्रे । धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ७ स्थित माटीगाउँका कृषकहरुलाई सोलार र थोपा सिँचाई एवम् प्लास्टिक घर वितरण गरिएको छ । सहास नेपालको स्थानिय प्रयासमा जिविकोपार्जन सुधार परियोजना अन्तर्गत माटीगाउँ कृषक समुह मार्फत कृषकहरुका लागि सोलार १९ थान, प्लास्टिक र थोपा सिँचाई ४ थान वितरण गरिएको परियोजना अधिकृत हरि प्रसाद अधिकारीले बताउनुभयो । उहाँले गाउँपालिका अध्यक्ष रामकुमार आचार्य, उपाध्यक्ष अम्बिका रुपाखेती, वडा अध्यक्ष रामकुमार बस्नेत लगायतबाट उक्त सामाग्रीहरुको वितरण गरिएको बताउनुभयो । यसका साथै समुहबाट सञ्चालित कार्यक्रमहरुको पनि अनुगमन गरिएको छ । उक्त माटी गाउँमा जलवायु मैत्री गाउँ बनाउन सुधारिएको धुवाँ रहित चुल्हो, भाँडा धुने स्ल्याब, गोबर ग्याँस बनाउने कार्यमा सहयोग साथै सहजिकरण, सामुदायिक बिउ बैंकको लागी समुदायलाई तालिम र सहजिकरण, कागतिका बिरुवा, प्लाष्टिक घरमा खेती र थोपा सिंचाई लगायतका प्रबिधि साथै समूह परिचालनका कार्यमा सहास नेपालले काम गरिरहेको छ । यसैगरी सामाग्री वितरण, अनुमगनका साथै समुदाय सँग अन्तरक्रिया कार्यक्रम पनि भएको छ । कार्यक्रममा गाउँपालिका र वडा प्रतिनिधीहिरुले जलवायु मैत्रि नमुना गाउँ बनाउने र होमस्टे संचालन गर्ने गरि योजना बन्नु पर्ने र यसमा सहास नेपालका साथै गाउँपालिकाले पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त भएको छ । यस्तै सहास नेपालले सामुदायिक बिउ बैँक बनाउने र गाउँपालिकाले समुदायको योजनामा गाउँपालिकाको बिउ प्रर्दशनी दराज किनिदिने कार्यक्रममा बताईएको छ । २०७६ पौष १५ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :पौष १६, २०७६ बुधवार - ०२:११:११ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology