शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

दि लेप्रोसी मिसन नेपालद्धारा सहकारीलाई बोलेरो जिप हस्तान्तरण

दि लेप्रोसी मिसन नेपालद्धारा सहकारीलाई बोलेरो जिप हस्तान्तरण

  • 7.6K
    SHARES
  • लक्ष्मी भुजेल धादिङ । थाक्रे गाउंपालिका वडा नम्बर १० मा रहेको स्वंय सहायता कृषि सहकारी संंस्थालाई गाडी हस्तान्तरण गरेको छ । दि लेप्रोसी मिसन नेपालले स्वयं सहायता कृषि सहकारीको सदस्यहरुले उत्पादन गर्ने तरकारी ढुवानी गर्न सहज वनाउने उद्धेश्यले गाडी गर्न एकमुष्ट आर्थिक सहयोग गरेको हो । उक्त सहयोग रकम बाट महिन्द्रा बोलेरो पिकअप क्याम्पर एस.सि फोर ह्विल डि. सिङ्गल क्याविन खरिद गरि सहकारीको व्यवस्थापनलाई हस्तान्तरण गरेको हो । केवलपुर क्षेत्रको कृषि जन्य उत्पादनको उत्पादकत्व वृद्धि भइ वजार पहुँच वढ्ने र सहकारीको सदस्यहरुको आयस्तर वृद्धि गराउन सहकारीको विशेष भुमिका रहने र आजैको मितीबाट सो गाडी सहकारीकै पुर्ण स्वामित्वमा रहने जनाइएको छ । दि लेप्रोसी मिसनले देशको विभिन्न जिल्लामा काम गरिरहेको भएपनि गाडी उपलब्ध गराई सहयोग गरेको पहिलो सहकारी नै धादिङको स्वयं सहायता कृषि सहकारी हो । हस्तानतरण कायक्रममा सदस्यहरुले उत्पादन गरेका उत्पादकत्वलाई सहज तरिकाले वजारसम्म पु¥याउन र उचित मुल्य प्राप्त गरि जिविकोपार्जनमा केहि सहयोग होस् भन्ने उद्देश्यले पाइलाट प्रोजेक्टको रुपमा सञ्चालनमा रहेको सहकारी आगामी दिनमा सफल र उपलब्धीमुलक वनोस भनेर पहिलो पटक यो सहकारी लाई गाडी हस्तान्तरण गरिएको दि लेप्रोसी मिसनका राष्ट्रिय निर्देशक शोभाखर कडेंलले वताउनुभयो । लामो समय देखि कुष्ट प्रभावित अपाङ्गता भएका, दलित एकल महिला र हरेक अवसरबाट पछाडी पारिएका वर्ग तथा समुदायको क्षेत्रमा काम गरिरहेको छौं । उनीहरुले पनि समाजमा अरुसरह अगाडी वढ्न प्रेरित गर्नका लागी पनि सहगोग गरिएको वताउनुभयो । त्यसैगरि थाक्रे गाउंपालिका भित्र रहेको सहकारीले कृषि जन्य उत्पादनको वजारको पहुचसम्म पु¥याउन गाडी सहयोग पाउनु भनेको गाउंपालिकाकै उपलब्धी भएको कार्यक्रममका प्रमुख अतिथी तथा थाक्रे गाउंपालिकाका अध्यक्ष रामकुमार आचार्यले वताउनुभयो । तर यसलाई जुन उद्धेश्यको प्रयोजनका लागी ल्याइएको त्यसैमा प्रयोग गर्नुपर्ने, व्यक्तिगत प्रयोजन तथा गलत नियतले प्रयोग नगर्ने र यसको अनुगमन सदैव गाउंपालिकाले गर्ने कुरा पनि कार्यक्रममा वताउनुभएको थियो । त्यस्तैगरि गाउपालिकाका उपाध्यक्ष अम्बिका रुपाखेतीले केवलपुरको कान्छो सहकारी जसले असक्त, असहाय, न्यून आयस्तर भएकाहरुलाई समेटेर गरेको कामको प्रभावकारिताले नै आज सहकारीले गाडी प्राप्त गर्न सफल भएको वताउनु भयो । तर यो सफलता सँगै चुनौती र जिम्मेवारी पनि थपिएको र यसलाई इमान्दारिताका साथ निरन्तर प्रयास गरे लक्ष्य हासिल गर्ने समेत वताउनुभयो । सोहि कार्यक्रममा दि लेप्रोसी मिसन नेपालका अगाइजेसन डेभेलप्मेण्ट अफिसर चिरञ्जीवि शर्माले सहकारीले एउटा अवसर तथा उपलब्धी हासिल गरेको छ । यसलाई वचाइराख्न र यसको प्रयोगबाट समुदायका सदस्यहरुले प्रत्यक्ष लाभ लिन सक्ने वताउनुभयो । कार्यक्रममा गाडीको चावीताला र डकुमेन्टस्हरु गाउंपालिकाका अध्यक्ष र उपाध्यक्षद्धारा सहकारीका अध्यक्ष राजेन्द्र श्रेष्ठलाई हस्तान्तरण गरिएको थियो । कार्यक्रम सहकारीका सञ्चालक समितीका पधादिकारीहरु, शेयर सदस्य पत्रकार लगायतका व्यक्तिहरुको उपस्थिती रहेको थियो । साथै सहकारी संस्थाले विशेष गरि लक्षितवर्गलाई सामुहिक व्यवसायबाट आफ्नो मेहनत र परिश्रम लगाई आफु र आफ्नो परिवारको जिविकोपार्जनमा संलग्न हुन चाहने सबै शेयर सदस्यहरुलाई प्राथमिकताका साथ सेवा उपलब्ध गरिहेको छ । कार्यक्षेत्रमा भएका कुष्ठप्रभावित, अपाङ्ग एकल महिला र दलित जनजातिहरुलाई सहकारीमा सदस्यहरुलाई समेटेर कसैलाई पनि उमेर लिङ्ग वर्ग धर्म तथा जातजाती आदिको आधारमा कुनै भेदभाव नगरि निर्वामुखी कृषि प्रणालीलाई विस्थापित गर्दै व्यवसायिक आधुनिक तथा अर्गानिक कृषि प्रणाली अपनाउन चाहने सदस्यहरुलाई सहुलियत दरमा ऋण उपलब्ध गराउनको साथै उत्पादनको संभाव्य क्षेत्र एवं ऋण सदुपयोगको वारेमा आवश्यक सल्लाह सुझाव तालिम तथा प्राविधिक परामर्श सेवा पनि प्रदान गरिरहेको छ । अहिले समुह निर्माण गरि सामुहिक कृषि व्यवसाय गर्न इच्छुक १८ वटा समुहलाई रु १५ लाख विउपुँजी प्रदान गरेको छ । २०७६ पौष १८ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :पौष १८, २०७६ शुक्रवार - २३:२३:०६ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology