धादिङ । धादिङको गल्छी गाउँपालिकाले चितवनमा निर्माणाधीन गौतमबुद्ध क्रिकेट रंगशालाका लागि बालुवा सहयोग गरेको छ । गल्छी गाउँपालिकाले एक सय ट्रिप बालुवा उपलब्ध गराउने भएपछि नेपाल टिप्पर तथा ट्रक व्यवसायी समितिले टिप्पर उपलब्ध गराएको समितीले जनाएको छ । बालुवा पुर्याउनका लागि जनप्रतिनिधि, टिपर व्यवसायी लगायतको टोली चितवन पुगेर फर्किएको छ ।
गाँउपालिकाले सहयोग गरेको बालुवा नेपाल टिपर तथा ढुवानी व्यवसायी समितिले निशुल्क ढुवानी गरेको छ । त्यस्तै सुदिपा ट्रेडिङ कम्पनी प्रालिले कर छुटको व्यवस्था गरेको छ ।
धुर्मुस सुन्तली फाउण्डेसनले भरतपुर महानगरपालिकाको वडा नम्बर १५ मा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गरिरहेको छ ।
फोटो हेर्नुहोस्...
प्रकाशित मिति :माघ १९, २०७६ आइतवार -
०६:३४:४६ बजे
सेयर
नागरिक पाटी
आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।