शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धुनिबेशीका सुरुङमार्ग प्रभावितले पनि शतप्रतिशत मुआब्जा पाउनुपर्छ : मेयर आचार्य (भिडियो सहित)

धुनिबेशीका सुरुङमार्ग प्रभावितले पनि शतप्रतिशत मुआब्जा पाउनुपर्छ : मेयर आचार्य (भिडियो सहित)

नागरिक पाटी

२०, माघ २०७६
  • 5.8K
    SHARES
  • धादिङ । धुनिबेशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले नागढुँगा सुरुङमार्ग आयोजनालाई स्थानिय नागरिकको समस्या सम्बोधन गरिदिन आग्रह गर्नुभएको छ । सुरुङमार्ग प्रभावितका लागि प्राविधिक पक्षबारे जानकारी गराउन आयोजित कार्यक्रममा उहाँले धुनिबेशीका सुरुङमार्ग प्रभावितलाई शतप्रतिशत मुआब्जाका लागि समन्वय गर्न आयोजनालाई आग्रह गर्नुभएको हो । स्थानिय नागरिकले पुस्तौँ देखी बस्दै आएको ठाउँ उचित मुआब्जा बिना नै छोड्न नसक्ने बताउँदै आएको भन्दै आचार्यले गुठीकै जग्गा भएपनि ३३ प्रतिशत मात्र नभई शतप्रतिशत मुआब्जा दिलाउनुपर्ने बताउनुभएको छ । काठमाण्डौँ तर्फको जग्गा र धादिङ तर्फको जग्गाको मुल्याङ्कनमा धेरै भिन्नता रहेको भन्दै उहाँले स्थानिय नागरिक विस्थापित नै हुने अवस्था आउन दिन नहुने बताउनुभएको हो । स्थानिय सरकार र जनप्रतिनिधीको तर्फबाट परियोजनालाई सँधै सहयोग रहने भन्दै प्रमुख आचार्यले स्थानिय नागरिकको समस्या टुँग्याउनका लागि सम्बन्धित पक्ष सँग पहल गर्न पनि अनुरोध गर्नुभयो । कार्यक्रममा हाज्मा आन्दो कर्पोरेशनका चिफ ईन्जिनियर मिग्रेन्द्र राज काफ्ले र ईन्जिनियर रमेश प्रसाद कोईरालाले सहभागीलाई नागढुँगा सुरुङमार्ग परियोजनाको बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा धुनिबेशी नगरपालिकाका उपप्रमुख निरु खरेल, विभिन्न वडाका वडा अध्यक्ष, राजनैतिक दलका प्रतिनिधी लगायतको उपस्थिती रहेको थियो । भिडियो हेर्नुहोस्.. https://youtu.be/TWXvXxs1ogc

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ २०, २०७६ सोमवार - १६:२४:०० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology