शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

चलचित्र ´धुलो`को टेलर सार्वजनिक

चलचित्र ´धुलो`को टेलर सार्वजनिक

विष्णु ठकुरी

७, फाल्गुण २०७६
  • 5.7K
    SHARES
  • फागुन १६ गते रिलिजको तयारी रहेको चलचित्र ´धुलो`को टेलर सार्वजनिक भएको छ। श्रमिक मजदुर र सामाजिक विषयवस्तु कथामा निर्माण गरिएको चलचित्र प्रद्युम्न मिश्रको निर्देशनमा निर्माण भएको छ । रिक्सा चालकको सपना, लक्ष्य, संघर्ष र जीवनशैलीलाई प्रस्तुत गरिएको ‘धुलो’ मा बुद्धि तामाङ, अग्रज केसी, सृजना सुब्बा, प्रद्युम्न मिश्र, दामोदर गजुरेल, सुमन घिमिरे,अमृता पाण्डे र बालकलाकार सुदीप कार्की मुख्य भूमिकामा छन् ।नीर शाह, सुसील पोखरेल र लक्ष्मी बर्देवा को पनि बिशेष भूमिका रहेको छ । दिपा धरेलको प्रस्तुति रहेको चलचित्रको निर्मातामा लक्ष्मी गौतम र नानीराम फुँयाल रहेका छन्।यस चलचित्रको निर्माण संयोजकमा सुमन घिमिरे रहेका छन् भने चलचित्रमा समाबेश गितमा केशव मिश्रको शब्द छ भने शिव परियार,रेजिना रिमाल,युवराज चौलागाईं,मनोज राज को स्वर रहेको छ । सुवास सिंह बस्न्यातको लेखन,रबिन आचार्यको छायांकन र अर्जुन जिसीको सम्पादन रहेको चलचित्रको गीतको कोरियोग्राफी कबिराज गहतराज र रामजी लामिछानेले गरेका हुन । चलचित्रलाई आरआर फिल्मस्ले बितरण गर्दैछ । यो चलचित्र ग्लोबल फिल्मस् फेस्टिवल सिकिम २०२० मा समेत छनोट भैसकेको छ । यो फिल्म फेस्टिवल फिल्म फेडरेशन ईन्डियाको आयोजनामा हुँदैछ https://youtu.be/FNQtLjXaNmg

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण ७, २०७६ बुधवार - १९:०४:३९ बजे

    विष्णु ठकुरी

    पत्रकार तथा सञ्चारकर्मी ठकुरी नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology