शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

चलचित्र´धुलो`ले गर्‍यो मजदुर रिक्सा चालकलाई सम्मान

चलचित्र´धुलो`ले गर्‍यो मजदुर रिक्सा चालकलाई सम्मान

विष्णु ठकुरी

१५, फाल्गुण २०७६
  • 6.4K
    SHARES
  • काठमाडौं - पब्लिक युथ क्याम्पसमा फागुन १६ गते देखि प्रदर्शनमा आउने चलचित्र ´धुलो`ले सम्मान र सामग्री वितरण कार्यक्रम सप्पन्न गरेको छ । वरिष्ठ कलाकार नीर साहको प्रमुख आतिथ्यता, नेपाल टेलिभिजनका महाप्रबन्धक गोविन्द रोका ,नागर्जुन एकेडेमीका प्रधानाध्यापक सुनिल सिजापती ,पब्लिक युथ क्याम्पसका प्रधानाध्यापक बलराम थापा, निर्माता संघका अध्यक्ष आकाश अधिकारी,निर्देशक संघका अध्यक्ष रक्षा सिंह राणा, चलचित्रका ´धुलो` कलाकार बुद्धि तामाङ, उपस्थितमा काभ्रे जिल्ला फुलवारी घर भएका ६७ वर्षिय हिरालाल तामाङ जो बिगत चालीस बर्ष देखि रिक्सा चलाउदै आएका जेष्ठ रिक्सा चालक हिरालाल तामाङ र धादिङ जिल्ला सुनौलो बजार घर भएका बलबहादुर श्रेष्ठ जो बिगत १८ बर्ष देखि रिक्सा चलाउदै आएका उनको संघषको सफलता लाई कदर गर्दै सम्मान गरिएको छ। काठमाडौंका रिक्सा लाई के एडभटाइजिङको प्रायोजनमा एक सय थान ज्याकेट समेत प्रदान गरेको छ साथै रिक्सा चालक संघको सिपारीष र नागर्जुन एकेडमीको सहकार्यमा चलचित्र´धुलो`को निर्माण टिमले दुई जना गरिब जेहेन्दार बिद्यार्थी लाई २०७७ को आर्थिक बर्षमा छात्रवृत्ति प्रदान गर्ने घोषणा समेत गरेको छ । श्रमिक मजदुर र सामाजिक विषयवस्तु कथामा निर्माण गरिएको चलचित्र ´धुलो` लाई प्रद्युम्न मिश्रले निर्देशन गरेका छन् ।रिक्सा चालकको सपना, लक्ष्य, संघर्ष र जीवनशैलीलाई प्रस्तुत गरिएको ‘धुलो’ मा बुद्धि तामाङ, अग्रज केसी, सृजना सुब्बा, प्रद्युम्न मिश्र, दामोदर गजुरेल, सुमन घिमिरे,अमृता पाण्डे र बालकलाकार सुदीप कार्की मुख्य भूमिकामा छन् ।नीर शाह, सुसील पोखरेल र लक्ष्मी बर्देवा को पनि बिशेष भूमिका रहेको छ । दिपा धरेलको प्रस्तुति रहेको चलचित्रको निर्मातामा लक्ष्मी गौतम र नानीराम फुँयाल रहेका छन्।यस चलचित्रको निर्माण संयोजकमा सुमन घिमिरे रहेका छन् भने चलचित्रमा समाबेश गितमा केशव मिश्रको शब्द ,जुगल डङ्गोल संगित शिव परियार,रेजिना रिमाल,युवराज चौलागाईं,मनोज राज को स्वर रहेको छ । सुवास सिंह बस्नेतको लेखन,रबिन आचार्यको छायांकन र अर्जुन जिसीको सम्पादन रहेको चलचित्रको गीतको कोरियोग्राफी कबिराज गहतराज र रामजी लामिछानेले गरेका हुन । चलचित्रलाई आरआर फिल्मस्ले बितरण गर्दैछ । यो चलचित्र ग्लोबल फिल्मस् फेस्टिवल सिकिम २०२० मा समेत छनोट भैसकेको छ । यो फिल्म फेस्टिवल फिल्म फेडरेशन ईन्डियाको आयोजनामा हुँदैछ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण १५, २०७६ बिहिवार - ०३:५५:३६ बजे

    विष्णु ठकुरी

    पत्रकार तथा सञ्चारकर्मी ठकुरी नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology