आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

२४ घन्टा भित्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गर्नपर्छ: दिपेन्द्र कडेल

२४ घन्टा भित्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गर्नपर्छ: दिपेन्द्र कडेल

विष्णु ठकुरी

२७, फाल्गुण २०७६
  • 7.8K
    SHARES
  • काठमाडौं २६ फागुन पब्लिक ईनोभेटर ईन्जिनियर दिपेन्द्र कँडेलले अबको २४ घण्टाभित्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गर्नको लागि सरकारलाई सुझाव दिएका छन् । कोरोना भाईरसको संक्रमण विश्वभरि फैलिएको र सबै राष्ट्रले आ–आफ्नो पूर्व तयारी गरिसकेकोले नेपालले पनि कोरोना नेपाल भित्रिन नदिनको लागि सबैभन्दा पहिलो काम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गर्नुपर्ने रहेको उनले सुझाव दिएका छन् ।उनले भने,‘यदि नेपालमा कोरोना भाईरस भित्रियो भने यसमा सबैभन्दा ठूलो दोष नेपाल सरकारको हुनेछ, त्यसमा पनि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको हुनेछ। पत्रकार सम्मेलनको आयोजना गरेर कँडेलले यस्तो सुझाव दिएका हुन् । सरकार आफ्नो नागरिकप्रति जिम्मेवार भए उसले सबैभन्दा पहिले कोरोनाको संक्रमण हुनबाट देश र जनतालाई जोगाउनुपर्ने पनि उनको तर्क छ । चीनबाट सुरु भएको कोरोनाको महामारी अहिले कति राष्ट्रमा पुग्यो ? भनेर चर्चा तथा परिचर्चा गर्नुभन्दापनि नेपालले आफ्नो पूर्वतयारी गर्नुपर्ने उनको भनाई छ । उनले भने,‘हामी कसरी यसको संक्रमणबाट जोगिने भन्नेतर्फ लाग्नुपर्छ । यसको लागि सबैभन्दा ठूलो दायित्व र जिम्मेवारी भनेको सरकारको हो ।’ उनले नेपाल सरकारले आफू विश्वकै शक्तिशाली र कोरोना नेपाल भित्रिन दिन्न भनेर नेपाली जनतासामू आश्वस्त पार्न सके विमानस्थल सुचारु गर्न सक्ने भएपनि आफूले भने त्यो सम्भावना नदेखेकोले अविलम्ब विमास्थल बन्द गराउन सुझाव दिएको स्पष्ट पारे । उनले भने,‘नेपालमा अहिले कोरोनाबारे सेकेण्ड सेकेण्डमा आईरहेका समाचारले जनता आतंकित छन् । कि त सरकारले ती समाचारहरु बन्द गराउन सक्नुपर्यो । होईन भने यसरी आफ्ना नागरिकलाई आतंक, डर, त्रास र भयमा राख्नुहुँदैन् । सरकारले बेलैमा यसप्रति सोचोस् । समय धेरै नै ढिला भैसकेको छ ।

    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण २७, २०७६ मंगलवार - ०२:५५:२३ बजे

    विष्णु ठकुरी

    पत्रकार तथा सञ्चारकर्मी ठकुरी नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology