शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

थाक्रे गाउँपालिकाको छैठौं गाउँसभा सम्पन्न

थाक्रे गाउँपालिकाको छैठौं गाउँसभा सम्पन्न

नागरिक पाटी

१, चैत्र २०७६
  • 6.9K
    SHARES
  • शिवराज आचार्य महादेबबेशी । धादिङको थाक्रे गाउँपालिकाले छैठौं गाउँसभा सम्पन्न गरेको छ । गाउँ सभाबाट विभिन्न विधेयक पारित गरेको छ । छैठौं गाउँ सभाबाट गाउँपालिका उपाध्यक्ष अम्बिका रुपाखेती पौडेलले प्रस्तुत गर्नु भएको थियो भने अध्यक्ष रामकुमार आचार्यले निर्णयार्थ विधेयकहरु सभाबाट पास गराउँनु भएको हो । सभाबाट संशोधित विनियोजन विधेयक २०७६,कार्यपालिकाबाट थप भएका योजनाहरुको अनुमोदन तथा वडा कार्यालय र गाउँपालिकाबाट थप भएका योजना तथा कार्यक्रम,कार्यपालिका बैठकबाट संशोधन गरिएका योजनाहरुको अनुमोदन,थाक्रे गाउँपालिकाको कृषि तथा पशुपालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,थाक्रे गाउँपालिकामा स्वास्थ्य तथा सरसफाई सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६,स्थानिय तहमा वातावरण तथा प्राकृतिक स्रोत सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ , थाक्रे गाउँपालिका कर र गैह्कर राजस्व उठाउने सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०७६,स्थानिय सञ्चार माध्यम लाई व्यावस्थापन गर्न बनेको विधेयक २०७६, थाक्रे गाउँपालिकाको सार्वजनिक खरिद नियमावली २०७६, थाक्रे गाउापालिकाको आपतकालीन कार्यसञ्चालन केन्द्र कार्यविधि, थाक्रे गाउँपालिकाको व्यवसाय कर सम्बन्धी कार्यविधि २०७६, युवाक्लब गठन तथा नमुना युवा संसद सञ्चालन कार्यविधि २०७६,नदि तथा अन्य सार्वजनिक क्षेत्रको सरसफाइ सम्बन्धी कार्यविधि २०७६,सामुदायिक विद्यालयमा प्राविधिक तथा व्यवसायिक शिक्षा सञ्चालन सहयोग सम्बन्धी कार्यविधि २०७६,महिला सशक्तिकरण तथा संस्थागत विकास परियोजना सञ्चालन सम्बन्धी कार्यविधि२०७६,मानसिक स्वास्थ्य सम्बन्धि सचेतना,मनोरोग उपचार एवम पुर्नस्थापना कार्यक्रम सञ्चालन सम्बन्धि कार्यविधि २०७६,कर छुट रकम अनुमोदन लगायतका विधेयकहरु सभाबाट अनुमोदन भई पारित भएको छ । छैठौं गाउँसभाबाट पास भएका ऐन कानुन हरु गाउँपालिकाले आगामी दिनमा आपm्नो कार्ययोजनामा समाबेश गरि अगाडी बढेने अध्यक्ष आचार्यले बताउनु भएको छ । प्रतेक वडामा २५लाखका दरले थप रकम विभिन्न शिर्षकमा विनोयोजन गरिएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र १, २०७६ शनिवार - ०१:२९:२१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology