शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

तिन जना प्रतिष्पर्धीलाई पछि पार्दै चलचित्र पत्रकार संघको अध्यक्षमा सिटौला निर्वाचित

तिन जना प्रतिष्पर्धीलाई पछि पार्दै चलचित्र पत्रकार संघको अध्यक्षमा सिटौला निर्वाचित

नागरिक पाटी

४, चैत्र २०७६
  • 6.7K
    SHARES
  • काठमाडौं । चलचित्र पत्रकार संघ, नेपालको अध्यक्षमा दिनेश सिटौला निर्वाचित भएका छन्। सोमबार भएको संघको ८ औं केन्द्रीय महाअधिवेशनमा अध्यक्षका प्रत्यासी डब्बु क्षेत्री, गीता अधिकारी र अनिल यादवलाई पछि पार्दै सिटौला अध्यक्षमा विजयी भएका हुन्। विजयी सिटौलाले ७० मत प्राप्त गरे भने डब्बु, गीता र अनिलले क्रमश ३९, १४, १४ मत प्राप्त गरे। यस्तै संघको कार्यक्रम उपाध्यक्षमा ७४ मतका साथ जीवन पराजुली निर्वाचित हुँदा उनका प्रतिद्धन्द्धी कुवेर गिरीले ६३ मत प्राप्त गरे। संघको संगठन उपाध्यक्षमा कुवेर डंगोल र महिला उपाध्यक्षमा दीपज्योति थापा भने निर्विरोध भए। संघको महासचिवमा ८८ मतका साथ समिर बलामी निर्वाचित भए। महासचिवका प्रत्यासी बैकुण्ठराज पराजुलीले ५० मत पाए। सचिवमा १०५ मत प्राप्त गर्दै रघुनाथ सापकोटा विजयी भए। सचिवका प्रत्यासी राम खड्काले ३१ मत प्राप्त गरे। समावेशी सचिवतर्फ विशाल राई निर्विरोध हुँदा कोषाध्यक्षमा प्रदीप कार्की निर्वारोध भए। संघको सह–कोषाध्यक्षमा विनोद पोखरेल निर्वाचित भए। ६२ मतका साथ पोखरेल निर्वाचित हुँदा सह–कोषाध्यक्षका प्रत्यासी लेख बहादुर आचार्यले ६० मत प्राप्त गरे। यसैगरी संघको कार्यसमितिमा नविन गिरी १०५ मत, अन्जान दाहाल ९मनिष० ८२ मत, मिलन ढुंगाना ७६ मत, गोपिकृष्ण चापागाईँ ७५ मत, गणेश वली ६९ मत र सृष्टि पोख्रेल ६६ मतका साथ निर्वाचित भए। महिला सदस्यमा सुरक्षा भट्टराई र समावेशी सदस्यमा दीपक गुरुङ निर्विरोध भए।

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र ४, २०७६ मंगलवार - १८:०७:४१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology