शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

युवा व्यवसायी कुमार पाण्डेद्धारा धादिङका तीन स्थानीय तहलाई स्वास्थ्य सामग्री प्रदान

युवा व्यवसायी कुमार पाण्डेद्धारा धादिङका तीन स्थानीय तहलाई स्वास्थ्य सामग्री प्रदान

नागरिक पाटी

२४, चैत्र २०७६
  • 8.3K
    SHARES
  • काठमाडौँ । युवा व्यवसायी तथा नेकपा धादिङका नेता कुमार पाण्डेले कोभिड–१९ रोकथामको लागि धादिङका ३ स्थानीय तहलाई आवश्यक स्वास्थ्य सामग्री प्रदान गरेका छन । उनले गल्छी गाँउपालिका, थाक्रे गाँउपालिका र धुनिवेशी नगरपालिकालाई केही थान स्वास्थ्य सामाग्री प्रदान गरेका हुन् । उनले तिनवटै स्थानीय तहमा प्रत्येकलाई १० थान पिपिइ , २० लिटर सेनिटाईजर, ५०० थान टप गोलबस र २०० थान हेड क्याप प्रदान गरेका हुन । ‘लकडाउनका कारण सम्बन्धित ठाँउमा पुर्याउन सकिन , सावारी आवातजावत नभएको कारण मैले काठमाडौँबाट नै लिएर जानुस् भनेको छु’ पाण्डेले भने । पाण्डे आफैपनि धुनिवेशी नगरपालिकाका बासिन्दा हुन् । कोभिड–१९ का कारण देशभरका स्वास्थ्यकर्मीलाई कोरोनाबाट बच्न आवश्यक पिपिई लगायतका सामाग्री अभाव भइरहेको खबर आइरहेका छन । जसका कारण कोरोना संक्रमितको उपचारमा समेत असर पर्ने गर्दछ । यसैगरी व्यवसायी कुमार पाण्डेले धुनिवेशी नगरपालिकालाई १० थान पिपिइ प्रदान गरेका छन । तिन नगरपालिका मध्ये गल्छी र थाक्रे गाँउपालिकाले प्रदान गरिएको स्वास्थ्य सामाग्री लिएर गएका छन भने धुनिवेशी नगरपालिकामा भोली पुग्ने बताइएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र २४, २०७६ सोमवार - २०:४३:२१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology