शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

सिद्धलेकका शिक्षक तथा कर्मचारीलाई विपद व्यवस्थापन कोषमा ५ दिनको पारिश्रमिक जम्मा गर्न अनुरोध

सिद्धलेकका शिक्षक तथा कर्मचारीलाई विपद व्यवस्थापन कोषमा ५ दिनको पारिश्रमिक जम्मा गर्न अनुरोध

नागरिक पाटी

२६, चैत्र २०७६
  • 8.5K
    SHARES
  • धादिङ । धादिङको सिद्धलेक गाउँपालिकाका शिक्षक तथा कर्मचारीले गाउँपालिकामा रहेको विपद व्यवस्थापन कोषमा सहयोग रकम जम्मा गर्न गाउँपालिकाले अनुरोध गरेको छ । मंगलबार गाउँपालिकामा बसेको गाउँ कार्यपालिकाको बैठकले गाउँपालिकाका शिक्षक तथा कर्मचारीहरुलाई आ–आफ्नो सेवा सुविधा वापतको ५/५ दिनको पारिश्रमिक विपद व्यवस्थापन कोषमा जम्मा गर्न गाउँपालिकाले अनुरोध गरेको हो । बिश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस९कोभिड–१९० को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि संकटको समयमा सकेको सहयोग गर्नु प्रत्येक नागरिकको दायित्व भएकाले कोरोनाको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि विपद व्यवस्थापन कोषमा सकेको सहयोग गर्न गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवालले आग्रह गर्नुभएको छ । यसअघिको बैठकमा सिद्धलेक गाउँपालिकाका सबै जनप्रतिनिधिले कोरोनाको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि विपद व्यवस्थापन कोषमा सहयोग गर्ने निर्णय गरेका थिए । जनप्रतिनिधीहरूले गाउँपालिकामा रहेका बिपद व्यवस्थापन कोषमा वडा सदस्यले रु ५ हजार, कार्यपालिका सदस्यले १० हजार, वडाध्यक्षहरुले १५ हजार, गाउँपालिकाका उपाध्यक्षले रु २० हजार र गाउँपालिकाका अध्यक्षले रु २५ हजार सहयोग गर्ने निर्णय भएको अध्यक्ष सिलवालले बताउनुभयो । गाउँपालिकामा वडा सदस्य २२ जना, कार्यपालिका सदस्य ६ जना, वडा अध्यक्षहरु ७ जना रहेका छन् । गाउँपालिका अन्तरगतका शिक्षक तथा कर्मचारीहरुलाई ५/५ दिनको पारीश्रमिक वापतको रकम उक्त कोषमा सहयोग गर्न अनुरोध गर्ने निर्णय भए बमोजिम गाउँपालिकाकोे बिपद व्यवस्थापन कोषको कुमारी बैङ्क बुङचुङमा रहेको खाता नं. ०८१००३४०९३१००००१ मा सहयोग रकम जम्मा गर्न अनुरोध गरिएको गाउँपालिकाका अध्यक्ष सिलवालले बताउनुभएको खबर धादिङ सञ्चार अनलाईन पत्रिकाले लेखेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र २६, २०७६ बुधवार - १७:०७:२० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology