शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

बेनिघाट रोराङ गाउँपालिकाद्धारा वडा स्तरमा खाद्यान्न राहत वितरण

बेनिघाट रोराङ गाउँपालिकाद्धारा वडा स्तरमा खाद्यान्न राहत वितरण

नागरिक पाटी

२६, चैत्र २०७६
  • 6.9K
    SHARES
  • धादिङ । बेनिघाट रोराङ गाउँपालिकाले वडा स्तरमा खाद्यान्न राहत वितरणलाई तिब्रता दिएको छ । गाउँपालिकाले मंगलबार ५ नं। वडामा १ सय ३३ जना मजदुर र विपन्न परिवारलाई खाद्यान्न राहत वितरण गरेको हो । दैनिक मजदुरी गरिखाने र लकडाउनका कारण खाद्यान्न संकटमा परेका ३ जना भन्दा माथिको परिवार संख्या हुनेलाई ३० केजी चामल र २ जना सम्म परिवार संख्या हुनेलाई १५ केजी चामलको साथमा दाल, तेल, चिनी र साबुन प्रदान गरिएको जनाईएको छ । यस अघि पनि वडां नं। ३ को मलेखु, सलाङघाट र वडां नं। १० मा गरी ३ सय ८० जनालाई राहात वितरण गरि सकिएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र २६, २०७६ बुधवार - १७:१५:२४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology