शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

सहकारी सँस्थाहरुद्धारा थाक्रे गाउँपालिकाको राहत खातामा ४ लाख ४० हजार प्रदान

सहकारी सँस्थाहरुद्धारा थाक्रे गाउँपालिकाको राहत खातामा ४ लाख ४० हजार प्रदान

नागरिक पाटी

२७, चैत्र २०७६
  • 10.8K
    SHARES
  • धार्के । धादिङको थाक्रे गाउँपालिकाले राहातका काम हरु गर्दै आइरहेको छ । पालिकाले कुनै पनि मानेमा पालिका भित्रका का जनता हरु भोग र रोगले बिचलित हुन नपरोस भनेर केहि दिन आगाडी गाउ कार्य पालिका को निर्णय बाट बिपत बेबस्थापन कोसमा २५ लाख जम्मा गरेको छ । यो अबस्थामा पालिकालाई अझ हौसला दिन बिभिन्न संघ सस्थाहरुले पनि सहयोग गरिरहेका छन् । थाक्रे गाउँपालिका भित्र संचालनमा रहेका सानाकिसान सहकारी सँस्थाहरुले ४ लाख ४० हजार रुपैँया सहयोग गरेका छन् । महिला साना किसान कृषि सहकारी सँस्था केवलपुरको अगुवाइमा एकद्वार प्रणाली मार्फत ४ लाख ४० हजार रुपैँया थाक्रे गाउँपालिकाको दैवि प्रकोप राहत खातामा जम्मा गरिएको हो । कोरोना रोगको सँक्रमणबाट हुन सक्ने महामारीबाट बच्न र बचाउन महिला साना किसान कृषि सहकारी सस्था केवलपुर, भुमेस्थान सानाकिसान, थाक्रे साना किसान कृषि सहकारी, तसर्पु साना किसान कृषि सहकारीबाट १/१ लाखको दरले ४ लाख र गोगनपानी साना किसान कृषि सहकारी बाट ४० हजार गरि ४ लाख ४० हजार रुपैँयाको चेक गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यलाई हस्तान्तरण गरिएको महिला साना किसान कृषि सहकारी सँस्था केवलपुरका प्रबन्धक सुरेश कोईरालाले बताउनुभयो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र २७, २०७६ बिहिवार - ००:३२:४९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology