आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

हामीले नबुझेको कि बुझेर पनि बुझ पचाको ?

हामीले नबुझेको कि बुझेर पनि बुझ पचाको ?

नागरिक पाटी

२, बैशाख २०७७
  • 12.3K
    SHARES
  • सुजन दाहाल कोरोना भाइरस (कोभिड १९) को संक्रमण बाट बिश्वका सबैजसो देश र करिब १९ लाखभन्दा बढी मानिसमा लागेको, १ लाख २० हजारको हाराहारी मा मृत्यु भएको यस अबस्थामा हाम्रो देश नेपालमा अहिलेसम्म टेस्ट गरियका मध्ये १४ जनामा कोरोना पोजिटिभ भेटिएको छ र सरकारले सन्कास्पद ठाउमा र्यापिड टेस्ट पनि गरिरहेको छ । दोस्रो चरणमा प्रवेश गरेको यश भाइरस नेपालमा पनि बिस्तारै बढदै गयको छ र हामी सङ त्यती ठुलो संयन्त्र नभएकोले सरकारले आफुले सकेको कदम चालिरहेको छ र लकडाउन तीन हप्ता गर्दै अझै थप्ने देखिन्छ । अरुलाइ यसो र उसो भनेर गाली गर्न माहिर हामी नेपाली भने यस अवस्थामा सरकार को निर्णय नमानी लकडाउनको उल्लंघन गर्ने, अनावश्यक काममा घरबाट निक्लने काम भएको देखिन्छ । चेतनाको कमि हो वा बुझेर पनि बुझ पचाको हो त्यो त थाहा छैन तर ब्यबहारमा त्यस्तै देखिन्छ । सहर बजार मा पुलिस प्रशासन को डर हुन्छ भनी गाउँगाउमा अनावश्यक भेला हुने गरेको देखिन्छ । त्यसैगरी दैनिक ज्यालादारी गरेर खाने मानिसहरुको लागि हातमुख जोर्न गाह्रो भएको अवस्थामा राहत प्याकेज पनि आयका छ्न तर मानिसहरु यसरी राहत थाप्न गएका छन कि मानौ भुकम्पको बेला त्रिपाल बाड्न लागेका छन । को राहत लिन जाने वा राहत कसले पाउने भनेर थाहा हुदा हुँदै पनि राहत पाउने बर्गमा नपर्ने मानिसहरु पनि त्यो राहत लिन लाम लागेको देखिन्छ । राज्य को रकम र सम्पतिको दोहनमा लागि परेका नेता तथा मन्त्रीहरु को कर्तुत लाई त समय ले हिसाब गरिहाल्छ नै, तसर्थ प्रत्येक कुरामा सरकारको आलोचना र सामाजिक संजाल मा गालीको बर्षात गर्न खप्पिस हामी अब एक पटक लाई फेरि कोरोना भाइरस विरुद्ध लडन सरकार को काम लाई सर्हानिय मान्दै एउटा जिम्मेवार नागरिक को भुमिका निभाउने किरु गल्छी ६ धादिङ ( बैरेनी,महेशदोभान) ९८४१९६७५८८

    images
    images
    images
    प्रकाशित मिति :बैशाख २, २०७७ मंगलवार - १८:२२:४६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology