शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

गल्छि गाउँपालिकाको उदाहरणिय काम : पैदल यात्रुलाई बसको व्यवस्था गरेर दाङ पठाईयो

गल्छि गाउँपालिकाको उदाहरणिय काम : पैदल यात्रुलाई बसको व्यवस्था गरेर दाङ पठाईयो

नागरिक पाटी

९, बैशाख २०७७
  • 8.4K
    SHARES
  • गल्छि । धादिङको गल्छि गाउँपालिका हुँदै बाहिरिने पैदलयात्रुका लागि बसको व्यवस्था गरिएको छ । पैदलयात्रुहरुलाई सहज होस् भनेर गाउँपालिका मार्फत बसको व्यवस्था गरेको गाउँपालिका अध्यक्ष कृष्णहरी श्रेष्ठले बताउनुभयो । बैरेनीको द राईजिङ भिलेज स्कुलले उपलब्ध गराएको बसमा तेल गाउँपालिकाले व्यवस्था गर्ने गरि आज नुवाकोटको एक ईँटा भट्टाबाट आएका ५६ जना मजदुरहरुलाई दाङ पठाईएको पालिका अध्यक्ष श्रेष्ठको भनाई छ । यस अघि विभिन्न जिल्लाका लागि गुडेका गाडीमा पठाईने गरिएकोमा बिच बाटोमा ओराल्ने, गन्तव्य सम्म नलगिदिने समस्या आएकाले बसको व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ । यस्तै गाउँपालिका अध्यक्ष श्रेष्ठले विभिन्न उद्योगीहरुलाई आफ्नो मजदुरको रक्षा गर्न अनुरोध गर्नुभएको छ । उद्योगीहरुले गन्तव्य सम्म पठाउने काम गर्नुपर्ने र विभिन्न स्थानिय तह सँग समन्वय गर्नुपर्ने उहाँको धारणा छ । भिडियो हेर्नुहोस्.... https://youtu.be/p9KM4OgF3lU https://youtu.be/QySh5zGjO0A

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख ९, २०७७ मंगलवार - २२:३३:३५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology