आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

पछिल्लो राजनीतिक घटनाक्रम 'अध्यादेश' र यसले सिकाएको पाठ

पछिल्लो राजनीतिक घटनाक्रम 'अध्यादेश' र यसले सिकाएको पाठ

नागरिक पाटी

१३, बैशाख २०७७
  • 15.7K
    SHARES
  • राजकुमार थापा अध्यादेश भनेको सरकारको लागी यस्तो हतियार हो जसलाई सहि समयमा सहि ब्यक्तिले सहि तरिकाले चलाउन सक्यो भने देशको कुनै पनि आपतकालीन समस्या तुरुन्तै समाधान हुन्छन् तर गलत ब्यक्ति ले गलत समय मा चलायो भने उक्त हतियार ले आफँैलाई क्षति गर्छ अहिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भएको पनि यहि हो । अब देश र जनता महामारी सङ्ग बन्दाबन्दीको पालना गर्दै घर भित्र बसेर कोरना सङ्ग लडाइँ लडिरहेको बेला प्रधानमन्त्री ओलीलाई के आपत परेको हो । इतिहासमै सब भन्दा छिटोछरितो हतार हतार फास्ट ट्र्याकबाट अध्यादेश पास गर्न पर्ने हतारो आइलाग्यो र राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि एकदमै हतार हतार हस्ताक्षर गर्न हतार भयो । उहाँ त्यहि राष्ट्रपति हुनुहुन्छ जसले शेर बहादुर देउवा प्रधानमन्त्री भएको बेलामा एउटा सामान्य कुरा पनि हस्ताक्षर गर्न ३ महिना अध्ययन गरे पछि मात्रै हस्ताक्षर गर्नु भएको थियो तर अहिले को दुबै अध्यादेशको विवाद प्रतिपक्षले यसै गर्ने नै थियो तर प्रतिपक्ष भन्दा नि आफ्नै पार्टि बाट झन् बढी बिरोध हुने निश्चित थियो तसर्थ अध्यादेश पास गर्न कुनै हालतमा नहुने समुहले नेकपा पार्टी सचिबालाय बैठक बोलायो र तुरुन्तै बस्यो तर बैठक सुरु हुने बित्तिकै राष्ट्रपति कार्यालयबाट अध्यादेश लाल मोहर छाप लगाएर आइपुग्यो अब बैठक बसेर अर्थ नै भएन र बैठक स्थगित भयो र असन्तुष्ट पक्ष मुखामुख गर्न थाले यो महामरि बेलाको अध्यादेश न पार्टिमा छलफल न मन्त्री मन्डलमा, सबै मन्त्रीको सहमती तेहि पनि पास भयो । यो कुरा नेताहरु पुष्पकमल दाहाल प्रचण्ड, माधब नेपाल, झलनाथ खनालले प्रधानमन्त्रीलाई प्रश्न गरे आखिर यो समयमा यो अध्यादेश पाटिमा छलफल नै नभइकन किन ? यो हाम्रो पार्टीको लागी होइन भन्दै तराईको पार्टी प्रति लक्षित भनेर सङ्केत गरे तर सामजिक सन्जालमा यो कुरा भुसको आगो सरि सल्किसकेको थियो । केहिले अरुको पार्टी फुट्ने र आफ्नो पार्टी बलियो हुने अनुमान थियो तर भिम रावल, जनार्दन शर्मा, राम कुमारी झाँक्री लगायतले आफ्नै पार्टी सङ्ग करिब दुई तिहाइ मत हुँदाहुँदै यो जुट्नु पर्ने बेला फुट्ने खेल कतै प्रधानमन्त्रीले आफ्नै पार्टी र आफ्नो ब्यक्तीगत चाहना को लागी त हैन भन्दै सामाजिक सन्जाल बाट प्रति प्रश्न गर्न थाले र सामाजिक संजाल भरि हिजो एकजुट हुन्छौं स्थिर सरकार चलाउँछु भनेर भोट माग्ने अहिले दल फुटाउने अध्यादेश ल्याएर चोट दिने यस्तो महामारिमा यो अध्यादेश किन के का लागी कसको लागी कतै प्रधानमन्त्री ओली अधिनायकवाद तर्फ अघि बढेको त होईन प्रश्नहरु लगातार उठ्न थाल्यो । कुरा कानुन नियमको थिएन कुरो प्रधानमन्त्रीको नियत र बद्नियतको थियो । अब प्रधानमन्त्री ओलीले मधेसि दल फुटाउन ल्याएको अध्यादेश भनेर पार्टीमा भनिसकेको छ नियत जे जस्तो भए पनि अब ४० प्रतिशत अनुसार समाजबादीका केही नेताहरु सङ्गको पुर्ब सहमति अनुसारको समाजबादी फुटाउने खेल सुरु भयो त्यहि अनुसार एकजना समाजबादीका पुर्ब राज्यमन्त्री सुरेन्द्र यादव महोत्तरी मै भएको खबर उनको पिसिओ मार्फत खबर प्राप्त भयो । तत्पश्चात प्रधानमन्त्री ओलिको लागी यो प्रतिष्ठाको लडाइँ थियो र आफ्नो बिश्वाससिलो प्रात्र महेश बस्नेत, किसान श्रेष्ठ र पुर्ब आइजीपि सवेन्द्र खनालको टोली सहितलाई महोत्तरी पठाउनुभयो । उनिहरुले यादवलाई मानसिक दबाब सृजना गरि काठमाडौंको एक होटलमा ल्याए तर यादबले पुर्व मन्त्री बाबुराम भट्टराईलाई म यस्तो अबस्थामा यो होटलमा छु, मलाइ उद्दार गर्नुस् भनेर खबर गरिसकेका थिए । यसपछि उनि त्यस होटलबाट मर्निङ वाकको वाहनामा आफ्नो नेताको सम्पर्कमा पुगे । पुर्ब राज्यमन्त्री सुरेन्द्र यादवले विभिन्न मिडियालाई दिएको अन्तर्वाता सुन्दा, हेर्दा र पढ्दा मात्र पनि प्रधानमन्त्री केपी सर्मा ओली र उनका सहयागीहरुको आपराधिक धन्दा स्पष्ट भएको छ । प्रधानमन्त्रीले हतार हतार अध्यादेश ल्याउनु को यो पनि कारण सुरुमा पार्टी एकीकरणको बेला तत्कालीन माओवादी र एमाले बिच ५ बर्षमा आलो पालो सरकार र पार्टि चलाउने कुरा थियो । ओलीले आफू बिरुद्ध लाग्ने लाई जसरी नि पचाउने, आफ्नो जय जयकार गर्नेलाई संविधान संशोधन गरेर भए पनि बचाउने पछिल्लो उदाहरण वाइडवडी काण्ड, बालुवाटार काण्ड, गोकुल बास्कोटाको ७० करोड काण्ड र स्वास्थ सामग्री खरिदमा भएको अनियमिततालाई लिन सकिन्छ जसमा छानबिन समेत गर्न सम्बन्धित निकायलाई पनि दिएनन् र सबै काण्डको बारेमा आँफैले बोल्दै हिँडे, मानौ आफै अदालत, आफै न्यायाधीश, आफै अख्तियार । यसबाट रुष्ट माधब नेपाल, प्रचण्ड, झलनाथ खनाल लगायतले यो व्यबहारबाट सरकार र पार्टी नै सकिन्छ भन्न थालेपछि कुनै नेता सँग पनि छलफल नगरी ओलीले हतार हतार यो अध्यादेश ल्याएर आफ्नो सरकारको छेक बार गर्न खोजे तर अन्तिममा आएर उनि असफल ठहरिए । प्रधानमन्त्री ओलीको पछिल्लो काम प्रति अधिकाँश नेताहरु रुष्ट छन् । उनले सोचेको जस्तो सबै साधै भएको छैन । उदाहरणका लागि अध्यादेश र सुरेन्द्र यादब घटनाले उनले आलोचना खेप्नुपरो । काठमाण्डौँ लेराउँदा प्रधानमन्त्री सँग कुरा गराएको घटना पनि सार्वजनिक भएको छ तर प्रधानमन्त्री कार्यालयले कुनै खण्डन गर्न सकेको छैन । यि यावत घटनाक्रमले भने प्रधानमन्त्री ओली र उनका सहयोगीलाई केहि न केहि पाठ पक्कै सिकाएको हुन पर्छ । लेखक थापालाई प्रतिक्रिया दिन चाहनु हुन्छ भने ९८५११६७७६९ मा फोन गर्न सक्नुहुनेछ ।

    images
    images
    images
    प्रकाशित मिति :बैशाख १३, २०७७ शनिवार - २१:०५:२२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology