शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

कोरोनाबाट भारतमा १ हजार ६ सय भन्दा बढिको मृत्यु ,४९ हजार ४ सय संक्रमित

कोरोनाबाट भारतमा १ हजार ६ सय भन्दा बढिको मृत्यु ,४९ हजार ४ सय संक्रमित

नागरिक पाटी

२४, बैशाख २०७७
  • 5.4K
    SHARES
  • काठमाडौं । भारतमा अहिलेसम्म कोरोनाबाट १ हजार ६ सय ९५ जनाको मृत्यु भएको छ । मृतकको संख्या सबैभन्दा धेरै महाराष्ट्रमा रहेको छ । जहाँ अलिहेसम्म ६ सय १७ जनाको मृत्यु भएको छ । यस्तै गुजरातमा ३ सय ६८, मध्य प्रदेशमा १ सय ७६, पश्चिम बंगालमा १४०, राजस्थानमा ८९, दिल्लीमा ६४, उत्तर प्रदेशमा ५६ जनाको ज्यान गएको छ । भारतको २६ राज्य र ६ केन्द्र प्रशाशित राज्यमा फैलिएको कोरोनाबाट ४९ हजार ४ सय संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा अर्थात मंगलबार मात्रै २ हजार ९ सय ६६ जना संक्रमित थपिएका छन् । सोमबार ३ हजार ६ सय ५६, आइबार २ हजार ९ सय ५२, शनिबार २ हजार ५ सय ६४, शुक्रबार २ हजार ३ सय ९६ जनामा संक्रमण पुष्टि भएको थियो । संक्रमितमध्ये महाराष्ट्रमा मात्रै १५ हजार ५ सय २५ छन् । यस्तै गुजरातमा ६ हजार २ सय ४५, दिल्लीमा ५ हजार १ सय ४, तमिलनाडुमा ४ हजार ५८, राजस्थानमा ३ हजार १ सय ५८, मध्यप्रदेशमा ३ हजार ४९, उत्तर प्रदेशमा २ हजार ८ सय ८० जना संक्रमित भएका छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख २४, २०७७ बुधवार - १७:४९:४२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology