शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

रेलले किच्दा १५ जना मजदुरको घटनास्थलमै मृत्यु

रेलले किच्दा १५ जना मजदुरको घटनास्थलमै मृत्यु

नागरिक पाटी

२६, बैशाख २०७७
  • 6.2K
    SHARES
  • काठमाडौं । भारतमा महाराष्ट्रको औरंगाबादमा एक मालबाहक रेलले किचेपछि १५ जना मजदुरको मृत्यु भएको छ । घटनास्थलमै १५ जनाको मृत्यु भएको छ भने गम्भीर घाइते ५ जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । उनीहरु सबै रेलको पटरी नजिकै सुतिरहेका अवस्थामा रेलले किचेको अनुमान गरिएको छ । यो दुर्घटना शुक्रबार बिहान सवा पाँच बजेतिर भएको बीबीसी हिन्दीले जनाएको छ । सबै मजदुर औरंगाबादको एक स्टील फयक्ट्रीमा काम गर्थे । उनीहरु भुसावलतर्फ जान ट्रेनको प्रतीक्षा गरिरहेका थिए । दुर्घटना औरगंबादका कर्माड स्टेसन नजिकै भएको हो । एजेन्सी

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख २६, २०७७ शुक्रवार - १८:१७:१३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology