शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

कोरोना संक्रमणका कारण भारतमा एकै दिन १०४ जनाको मृत्यु

कोरोना संक्रमणका कारण भारतमा एकै दिन १०४ जनाको मृत्यु

नागरिक पाटी

२६, बैशाख २०७७
  • 4.3K
    SHARES
  • काठमाडौं । कोरोना संक्रमणका कारण भारतमा गएको २४ घन्टामा एक सय चार जनाको मृत्यु भएको छ। यो सँगै भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १८ सय ८९ पुगेको वर्ल्डओमिटरले जनाएको छ। अहिलेसम्म भारतमा कोरोनाबाट ५६ हजार ३ सय ५१ जना संक्रमित भएका छन्। बिहीबार एकै दिन त्यहाँ ३३ सय ६४ जना नयाँ संक्रमित थपिएका छन्।  बुधबार भारतमा ९२ जनाको मृत्यु भएको थियो भने ३५ सय ८७ जना नयाँ संक्रमित थपिएका थिए। भारतमा अहिलेसम्म १६ हजार सात सय ७६ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन्। ३७ हजारभन्दा धेरै उपचारको क्रममा छन्। संक्रमण नियन्त्रणको लागि भारतमा लकडाउन जारी छ। आगामी १७ मेसम्मका लागि भारतमा लकडाउन घोषणा गरिएको छ। तर, आपतकालीन, अत्यावश्यक सेवा क्षेत्र भने सञ्चालनमै छन्।

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख २६, २०७७ शुक्रवार - १८:२०:२४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology